विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार



ओस्लो, एजेन्सी । 

दशकौं देखि विभिन्न कारणबाट उत्पन्न हुने खाद्यान्न संकटबाट प्रभावितहरु समक्ष सुरक्षित खाद्य सामाग्री पुर्याउन कार्य गरिरहेका विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)लाई यस बर्षको नोबेल शान्ति पुरस्कार २०२०प्रदान गर्ने घोषणा गरिएको छ । यो विश्व संगठनले सन् १९६१ देखि नै विश्वभरी भोक विरुद्धको लडाई लडिरहेको छ ।

राष्ट्र संघ अन्तर्गतको यो संस्थाले खाद्य सुरक्षाका माध्यमबाट देशहरुको आवादीलाई आधारभुत बल प्रदान गर्न सुनिश्चित गर्दै आइरहेको छ ।

नोबेल शान्ति पुरस्कार बाहेक अन्य सबै विधामा पुरस्कार विजेताको घोषणा स्विडेनको राजधानी स्टकहोमबाट हुन्छ । नोबल शान्ति पुरस्कार विजेताको नाम मात्र नर्वेको राजधानी ओस्लोबाट हुने गर्छ । शुक्रबार ओस्लोमा नोबेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले पुरस्कार विजेताको घोषणा गरेको हो ।

नोबेल पुरस्कारमा पनि विशेष प्रतिष्ठित यो शान्ति पुरस्कारको दौडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वातावरण अभियन्ता गे्रटा थनबर्ग लगायत ३ सय भन्दा बढी नाम समावेश थियो । नोबेल पुरस्कार समितिले पुरस्कारको घोषणा गर्दै विश्व स्वास्थ्य कार्यक्रमले भोक विरुद्ध जसरी ठुलो युद्ध लडिरहेको छ, त्यसका लागि यो संस्था हकदार भएको बताए । समितिले संघर्षबाट प्रभावित क्ष्ँेत्रमा शान्ति तथा युद्धको हतियारका रुपमा भोकको उपयोग रोक्न गरिएका प्रयासका लागि डब्ल्युएफपीको सराहना गरेको छ ।

विश्व स्वास्थ्य कार्यक्रम विश्वको सबैभन्दा ठुलो मानविय संगठन हो जसले भोक विरुद्ध युद्ध लडिरहेको छ र खाद्य सुरक्षालाई प्रोत्साहन गर्छ । सन् २०१९ मा डब्ल्युएफपीले ८८ देशमा करिब १० करोड नागरिकलाई सहायता प्रदान गरेको छ ।

विश्व खाद्य कार्यक्रम भोकमरी हटाउन तथा खाद्य सुरक्षामा केन्द्रित संयुक्त राष्ट्र एजेन्सी हो । विश्वभरी आपतकालिन स्थितिमा खाद्यान्न संकटको स्थिति भोगिरहेकाहरु सम्म खाद्य सामाग्री पुर्याउने कार्यको रेखदेख गर्छ । विशेष गरि गृहयुद्ध तथा प्राकृतिक विपत्तीको अवस्थामा यो संस्थाको भुमिका महत्वपुर्ण हुने गरेको छ । यस विश्व संस्थाले विकासशिल देशहरुमा खाद्यान्न सहायता दिनु सट्टा त्यहाँको सरकारलाई कृषि प्रविधि सहायता तथा क्षमता निर्माण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

विश्व खाद्य कार्यक्रमले देशको भोजन आधारित सामाजिक सुरक्षा कवचलाई लक्षित जनसंख्या सम्म खाद्यान्न सहज र कुलसता पुर्वक तथा प्रभावकारी ढंगले पुर्याउने तर्फ ध्यान दिइरहेको छ ।

गत बर्ष इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रतिष्ठित नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनलाई शान्ति प्रयासहरु विशेषगरी छिमेकी देश इरिट्रियासँगको सीमा विवाद हल गर्नमा निर्णायक भुमिका निर्वाह गरेकोमा उक्त पुरस्कार दिइएको थियो । उनलाई इथियोपियाका नेल्सन मन्डेला पनि भन्ने गरिन्छ । अबी अहमद सन् २०१८ अप्रिलामा इथियोपियाका प्रधानमन्त्री बनेका थिए । उनले त्यतिबेलै इरिट्रियासँगको शान्ति वार्ता बहाल गर्ने स्पष्ट पारेका थिए । उनले इरिट्रियाका राष्ट्रपति इसैयस अफवर्कीसँग मिलेर तत्काल यस दिशामा पहल शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्