सवारी ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ



न्युज अफ नेपाल, पर्वत ।

सवारी ज्यान मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार प्रतिबादी २३ बर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नंं १० पिपलटारी का  ५७ बर्षिय चन्द्र हादुर केसी रहेका छन । केसीलाई

धादिङ जिल्ला अदालतले २०५४ असार १७ गते २ महिना २२ दिन जेल र १ हजार रुपैया जरिवाना गरेको थियो । खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटीएको प्रहरी टोलीले पर्वत कुश्मा नगरपालिका वडा नं ७ खरेहाबाट पक्राउ गरि जेल चलान गरिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले लागु औषध मुद्दाका आरोपी ११ बर्षपछि पक्राउ गरेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं २ ठापाठानाका ३७ बर्षिय रुबेन क्षेत्रीलाई घरबाटै पक्राउ गरेको हो । क्षेत्रीका बिरुद्ध कास्की जिल्ला अदालतले २०६६ जेठ ८ गते १ बर्ष १० महिना ६ दिन कैद सजाय सुनाएको थियो । क्षेत्रीलाई पनि पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्