विमान भित्रै हस्तमैथुन गर्ने पुरुष पक्राउ



एकजना अधवैंशे पुरुषले उडिरहेको विमान भित्र सुतिरहेकी एकजना अठार वर्षिया किशोरी माथि यौन दुव्र्यवहार गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको इन्डियानाको फोर्ट वायने निवासी ३८ वर्षिय इयन वाग्नर विरुद्ध सन् २०१७ मा इन्डियानाबाट कोलम्विया तर्फ उडिरहेको फ्रन्टियर एयरलायन्सको उडानमा यौन दुव्र्यवहार गर्नुका साथै आफ्नो संवेदनशिल अंगको सार्वजनिक प्रदर्शन गरेको अभियोग लगाइएको अमेरिकाको संघिय जाँचबुझ ब्युरो (एफबिआइ ) ले बुधवार जनाएको छ । उनलाई आइतवार पक्राउ गरिएको थियो ।

वाग्नरलाई मस्त निन्द्रामा रहेकी ति नाम नखुलाइएकी किशोरीको तिघ्राको भित्री भाग छोएको आरोप लगाइएको छ । एफबिआइ भन्छ , ‘ ति किशोरीले आफु माथि के भइरहेको छ भन्ने सोच्नै असमर्थ भएकी थिइन् । साथै उनी त्यस कार्यको विरोध गर्न शारिरीक रुपमा पनि असमर्थ अवस्थामा थिइन् । उनी विरुद्ध आफ्नो संवेदनशिल अंग प्रदर्शन गरेको र विमान भित्रै खुल्लाखुल्ला हस्तमैथुनन गरेको अभियोग पनि लगाइएको छ ।

अदालतमा अभियोग प्रमाणित भएको खण्डमा वाग्नरलाई तीन वर्ष लामो कारावास संजाय हुन सक्ने कानुनविदहरुको भनाई छ । उक्त यौन दुव्र्यवहार भएकेबेला विमान नेव्रास्काको आकासमा उडिरहेको हुनालले उनलाई नेव्रास्का संघिय अदालतमै कारवाही भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्