जिल्ला स्तरीय वार्षिक समिक्षा, ‘कोरोनाका कारण सोचे जस्तो उपलब्धी भएन’



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न गरेको छ । कोभिड १९ को महामारीमा सुरक्षाका उपाय अपनाउँदै जिल्लामा रहेका कार्यालय तथा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०७६/२०७७ मा गरेका गतिविधिहरुको समिक्षा गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिल्लामा भएका समग्र गतिविधिहरुको समिक्षा गरिएको बताउनु भयो । हरेक कार्यालयहरुले गरेका कार्यहरुमा छलफल गरी भएका समस्याहरुको समाधानका लागि समिक्षा महत्वपूर्ण रहेको सहभागिहरुले बताए । संघिय सांसद गगाबहादुर दोङ्गले हरेक कार्यालयहरुले गरेका गतिविधिहरु नागरिकहरु प्रति जिम्मेवारी बहन गर्ने खालका हुनु पर्ने बताउनु भयो ।

प्रदेश सभा सदस्यहरु चन्द्र लामा, बसुन्धरा हुमागाई, गोमा भुर्तेल लगायतले तीन तहका सरकारबाट विनियोजन भएका बजेटहरुको सदुपयोग हुनु पर्नेमा जोड दिनु भयो । स्थानीय सरकारहरुले गरेका कार्य र वित्तिय प्रगति तथा सामाजिक सुचकाकंहरु सुधारोन्मुख भए पनि कोभिड १९ का कारण धेरै आयोजनाहरु पछि परेको सहभागिहरुले बताए ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धु्लिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारहरुले निर्वाचनमा ब्यक्त गरेका प्रतिवद्धता मात्रै नभई नागरिकहरुका दैनिक जीवनमा आवश्यक पर्ने आधारभुत समस्या समाधानमा पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

पूर्वाधारको विकाससँगै सामाजिक र आर्थिक विकासमा सरकारले ध्यान पुर्‍याउनु पर्नेमा नगर प्रमुख अशोक ब्याञ्जुले जोड दिनु भयो । कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेति बर्ताैला, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समिक्षाका बारेमा सुझाव प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, प्रवक्ता प्रेम लामा, जिल्ला समन्वय अधिकारी केशवप्रसाद रिजाल, प्रमुख प्रमुख प्रशासकिय अधिकृतहरु, कार्यालय प्रमुखहरुले कोरोनाका कारण उल्लेख्य कार्य गर्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्