गोहीको आक्रमणबाट एक युवक घाइते



न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीको दक्षिण स्थित नारायणी नदीमा विहिबार बेलुका गोहीको आक्रमणमा परी एक युवक घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार गोहीको आक्रमणमा परी घाईते हुनेमा मध्यविन्दु ६ का २८ वर्षीय लाल बहादुर बोटे रहेकाछन् ।

नारायणी नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट गम्भिर घाईते बोटेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्