कांग्रेस भक्तपुरका सभापति थापालाई पितृशोक



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । सभापति थापाका बुबा रामबहादुर थापाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ ।

रामबहादुरको उपचारका क्रममा भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा निधन भएको कांग्रेस जिल्ला सचिब निशान ढुंगेलले जानकारी दिनुभयो ।

ढुंगेलका अनुसार थापा लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।थापाको ५ दिन अघि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा प्रोस्टेटको अप्रेसन गरिएको थियो ।  रामबहादुरको आजै भक्तपुरको हनुमानघाटमा अन्त्येष्ठी गरिएको छ । उहाँका श्रीमति ,सभापति दुर्लभ सहित ३ छोरा र एक छोरी हुनुहुन्छ ।

सभापति थापा माहिला छोरा हुनुहुन्छ भने जेठो छोरा सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक दुर्दम थापा र कान्छा सिनामंगलस्थित नासा कलेजका संस्थापक अध्यक्ष प्रकाश थापा हुनहुन्छ ।

प्रतिक्रिया दिनुहोस्