अमेरिकामा बैंक डकैती गरेको आरोपमा एक नेपाली पक्राऊ



अमेरिका ।

संयुक्त राज्य अमेरिकामा एक बैंक डकैती गरेको आरोपमा एक नेपाली नागरिक पक्राऊ परेका छन्।

मोन्टगोमेरी काउन्टी पुलिस विभाग, मेरील्याण्डले नर्थ फ्रेडरिक एभिन्यू स्थित वेल्स फार्गो बैंकको शाखा लुटेको आरोपमा नेपाली नागरिक सम्राट लामालाई पक्राउ गरेको हो।

स्थानीय समय अनुसार मंलबार बिहान २ बजे बैंक लुटिएको थियो, एक स्थानीय अधिकारीहरूका अनुसार लामा बैंकमा घुसेर पैसा चोरेर भागे।

लामालाई पुलिसले उनलाई पक्रेर केन्द्रीय प्रशोधन युनिटमा पठाइएको छ र उहाँ विरुद्ध डकैतीको आरोपमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्