प्रिज्मा र प्रिन्सीसँगै नाजिर



गायिका बिन्दु परियारको नयाँ गीत माया गर्छु है म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

गीतमा एकनारायण भण्डारीको शब्द सिर्जनामा सुदीप सागरको एरेन्ज र संगीत रहेको छ। सार्वजनिक भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा जमेका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाका सथामा फिल्म र म्युजिक भिडियोमार्फत दर्शकको मन जित्दै आएका अभिनेता नाजिर हुसेनको अभिनय रहको छ।

सान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

रमाइलो र सुन्दर वनको म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा अपलोड गरिएको छ। गायिका परियारले पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, घरबार, म के गरुँ, दिलको राजधानी जस्ता हिट गीत दिँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्