कोरोना खेलाँची होइन, बलियो शत्रु हो : हरिवंश आचार्य



  • विदुर गिरी।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्।

कोरोना संक्रमणबाट हुने कोभिड–१९ का लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए पनि आफ्नो घरभित्रसम्म कसरी कोरोनाले प्रवेश ग¥यो भन्नेबारे हरिवंश दम्पती जानकार छैनन्।

‘हामी एकदमै परहेजमा बसिरहेका थियौं। सकेसम्म भीडभाडमा नजाने, जानै परे मास्क र सेनिटाइजर प्रयोग गर्ने गरिरहेका थियौं। बची–बची अलि–अलि आफ्नो काम पनि गरिरहेको थिएँ।

यसो गर्दागर्दै पनि १०÷१२ दिनअघि श्रीमतीलाई एकदम जिउ दुख्यो। बीचमा ज्वरो पनि आयो। ज्वरो धेरै थिएन, त्यही ९९÷१०० डिग्री थियो।

हामीलाई यो भाइरल हो भन्ने थियो। भाइरल ज्वरो औषधि गरे सातै दिनमा ठीक हुन्छ, नगरे एक हप्ता लाग्छ भन्ने थियो’, हरिवंशले होम आइसोलेसनबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘म सावधानी अपनाएर काममा हिँडिरहेको थिएँ।

बीचमा मलाई पनि अलि–अलि ज्वरो आयो। गएको आइतबार श्रीमतीले गन्ध र स्वाद हराएको सुनाइन्। त्यसपछि हामी दुवै जनाले सोमबार बेलुका कमलपोखरीको निजी ल्याबबाट स्वाब टेस्ट गरायौं। उहाँहरूले घरमै आएर स्वाब कलेक्सन गर्नुहुँदोरहेछ।

मंगलबार पोजेटिभ रिपोर्ट आयो। गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षा अपनाउँदा पनि कसरी संक्रमण भयो, कहाँबाट भयो ठम्याउन सकिएन। ठम्यमाउन सम्भव पनि छैन।’

पोजेटिभ रिपोर्ट आएको ४ दिन बित्दा हरिवंशलाई अलिअलि रुघाबाहेक खोकी लाग्ने, ज्वरो आउनेजस्ता अरू लक्षण केही छैन।

राजधानीको प्रदर्शनीमार्गस्थित मोडल अस्पतालका सञ्चालक र तिल गंगा आँखा अस्तालका बोर्ड मेम्बरसमेत रहेका हरिवंशलाई डाक्टर साथीभाइले कारोनो संक्रमण भएपछि अक्सिजन लेभल घट्न सक्ने र यसले समस्यमा पर्न सक्नेप्रति सचेत तुल्याएका छन्।

डक्टर साथीभाइकै सल्लाहमा उनले नङमा लगाएर अक्सिजनको लेभल र पल्स नाप्ने मेसिन किनेर घरमै राखेका छन् र समय–समयमा आप्mनो पत्नीको अक्सिजन लेभल तथा पल्स जाँच गरिरहेका छन्। ‘अक्सिजन र पल्स हाम्रो जिउलाई पुग्नेछ’, हरिवंशले सुनाए– ‘मलाई ठीकै छ।

मलाई ५० प्रतिशत स्वाद थाहा भइरहको छैन, गन्ध पनि कम छ। श्रीमतीको चाहिँ स्वाद फर्केको छैन। एक हप्तापछि फेरि स्वाब टेस्ट गर्छु र नेगेटिभ आयो भने काममा फर्कन्छु भन्ने सोचेको छु। मचाहिँ दुई÷चार ठाउँमा गएको थिएँ। दुई÷चारवटा कमर्सियल एड पनि गरेको थिएँ।

त्यसैले आफूलाई कोरोना भएपछि लुकाउनुहुँदैन र आफूसँग भेटेकालाई थाहा दिनुपर्छ भनेर संक्रमण भएको कुरा फेसबुकमा हालें’, हरिवंशले सुनाए– ‘यो कोरोना कडा र माइल्ड दुई प्रकारको हुन्छ रे। कसै–कसैलाई भेन्टिलेटरमै राख्नुपर्ने पनि हुन्छ। हामीलाई भएको कोरोनाचाहिँ माइल्ड कोरोनाजस्तो लाग्छ।

सबैलाई यत्तिकै हुन्छ भन्ने छैन। त्यसैले सबै जना परहेजमा चाहिँ बस्नैपर्छ। कोरोनालाई केही होइन भनेर नेकलेट गर्न मिल्दैन।’

हरिवंश दम्पती कोरोना संक्रमण भएयता कोठाबाट बाहिर निस्केका छैनन्। कोठामा बस्दा पनि सतर्कता अपनाइरहेका छन्। ‘हामी बीचको तल्लामा बसिरहेका छौं। छोराबुहारी माथिको कोठामा बसिरहेका छन्।

उनीहरूले खाने कुरा बनाएर ल्याइदिन्छन्। खाना खाइसेकपछि भाँडा हामी नै सफा गर्छौं। समय–समयमा कोठामा डिसइन्फेक्सन स्प्रे छर्किन्छौं। आज छोराबुहारी पनि टेस्ट गर्न गएका छन्। रिपोर्ट आउन बाँकी छ।’ –हरिवंशले भने।

हरिवंशले आप्mनो दम्पतीलाई कोरोना संक्रमण भएको जानकारी सार्वजनिक गरेदेखि आफन्त र शुभचिन्तकहरुले फोन गरेर चिन्ता नलिन तथा विभिन्न खानेकुरा सेवन गर्न सुझाइरहेका छन्।

‘शुभचिन्तकहरुले दिनुभएको रायलाई आत्मसात गरिरहेका छौं। उहाँहरुले गुर्जु, बेसारपानी, झोलिलो पदार्थ खाने सल्लाह दिनुभएको छ। डक्टरले पनि झोलिलो पदार्थ खाने सल्लाह दिनुभएको छ। डाक्टर साथीभाइका अनुसार यो समयमा डाइटिङ गर्नुहुँदैन। प्रोटिन बढी खानुपर्छ।

त्यसबाहेक अश्वगन्धा, च्यावनप्रास जस्ता आयुर्वेदिक टनिक, मल्टिभिटामिन, भिटामिन डी, सी खाइरहेका छौं’, हरिवंश सुनाए– ‘डाक्टर साथीभाइ हुनुहुन्छ, उहाँहरुले स्वास्थ्य अवस्था सोधिरहनुभएको छ, प¥यो भने त्यहीं आउँछु भन्नुभएको छ।

निजी अस्पतालहरुले पनि फोन गरिरहेका छन्। टेकु अस्पतालबाट पनि के–कसो सहयोग गर्नुपर्छ भन्नुस् भनेर फोन आइरहेको छ। भाग्यवश सल्लाहबाहेक केही हेल्प लिनुपरेको छैन।’

हरिवंशलाई १५ दिन अघिसम्म पनि कोरोना संक्रमण थिएन। १५ दिन जतिअघि कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थिएन। ‘उपेन्द्र महतोले मेडिसिटी हस्पिटलमा कोरोना पहिले भएको थियो कि या अहिले छ कि छैन भनेर टेस्ट गर्ने नयाँ मेसिन ल्याएको छ, टेस्ट गर्न आउनुस् भनेर बोलाउनुभएको थियो।

कोरोना भएर ठीक भइसकेपछि एन्टिबडी तयार हुने रहेछ। त्यतिखेर मदन (मदनकृष्ण श्रेष्ठ) दाइ छोराबुहारी लिएर आउनुभएको थियो। म श्रीमती र छोरालाई लिएर गएको थिएँ। विजयकुमार पाण्डे, उत्तम सञ्जेललगायत १०÷१५ जना मिसेससहित जानुभएको थियो।

त्यो बेलाको टेस्टसम्म हामीलाई कहिले पनि कोरोना नभएको रिपोर्ट आएको थियो’, हरिवंशले यसपालिको परीक्षणमा पोजेटिभ रिपोर्ट आउँदा पनि नआत्तिएको सुनाउँदै भने– ‘यसपालि चाहिँ केही लक्षण देखिएकाले मेन्टल्ली प्रिपियर थिएँ।

रिपोर्ट पोजेटिभ नै आएछ भने पनि लड्नैपर्छ भन्ने लागेको थियो।’ हरिवंश भन्छन्– ‘न्युज हेर्ने हो भने विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत मानिसलाई कोरोना हुन्छ, त्यसपछि एन्टी बडी तयार हुन्छ अनि मात्र कोरोना सकिन्छ। यसो भन्दैमा योसँग धेरै डराएर हिँड्ने कुरा भएन। बाटो काट्दा सवारीसाधनले हिर्काइदिन्छ कि भनेर सतर्क भएजस्तै कारोनाबाट सतर्क हुनुपर्छ। तर, डराएर बसेर पनि हुँदैन।’

हरिवंशको आम नेपालीलाई सुझाव छ– ‘क्याप्टेन विजय लामाले कोरोनालाई खेलाँचीका रूपमा नलिनुस् भन्दै अक्सिजन भएको रुममा हस्पिटल बसेको फोटोसहित फेसबुकमा हालेर अनुरोध गर्नुभयो। अरू पनि कति सिरियल केस हामीले हेरेको छौं। मानिसको मृत्य भएको पनि हामीले देखेका छौं।

त्यसैले कोरोना खेलाँची हुँदै होइन। यो साधारण रोग हुँदै होइन, बलियो शत्रु हो। कोरोनाबाट आफू संक्रमित भयो भने अरूलाई पनि सर्छ। युमिनिटी पावर कम भएका र दीर्घ रोग भएकालाई यसले खतरामा पारिदिन्छ। दीर्घ रोग नभए पनि कोरोनालाई कसैले थाम्न सक्छ, कसैले सक्दैन। यसलाई आत्मबल नै जित्ने हो, हामी आत्मबलका साथ बसिरहेका छौं। आइलागेपछि मुकाबला गर्नै प¥यो। मुकाबला गर्दै बसिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्