साहित्य तर्फको नोबेल पुरस्कार अमेरिकी लेखिका लुइसको पोल्टामा



स्टकहोम (एजेन्सी) ।

सन् २०२० को साहित्य तर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुईस ग्लकलाई प्रदान गरिएको छ ।

प्रतिस्थित साहित्य नोबेल पुरस्कार विजेता घोषणा गर्दै लुईसको अत्यन्तै सुन्दर शैलीमा ब्यक्तीगत अस्तित्वलाई सार्वभौम बनाउने अतुलनिय काब्यात्मक आवाजको कदर गदै उक्त सम्मान दिइएको स्विडिस एकेडमी जनाएको छ । लुईस येल युनिभर्सिटीका अंग्रेजी भाषाकी प्रोफेसर हुन् । उनको जन्म सन् १९४३ मा न्युयोर्कमा भएको थियो ।

गत बर्ष २०१९ मा साहित्य तर्फको नोबेल पुरस्कार अष्ट्रियायी मुलका लेखक पिटर ह्यान्डलाई प्रदान गरिएको थियो । प्रगतिशिल तथा रचनात्मक लेखन तथा भाषामा नविनतम प्रयोगका लागि उनले यस पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसै गरी सन् २०१८ मा साहित्य तर्फको नोबेल पुरस्कार पोलिस लेखक टोकार्चुकलाई जीवनको परीधि भन्दा पर कथात्मक परिकल्पनाले लेखनलाई उचाइमा पुर्याएकोमा प्रदान गरिएको थियो ।

सन् १९०१ बाट शुरु भएको नोबेल पुरस्कारको १ सय १९ बर्षको इतिहासमा दुई पटक साहित्य तर्फको नोबेल पुरस्कार स्थगित भइसकेको छ । सन् १९४३ मा द्तिीय विश्व युद्धका क्रममा पहिलो पटक स्थगित भएको थियो भने दास्रो पटक सन् २०१८ मा पुरस्कार वितरण गर्दै आइरहेको स्विडिस एकेडमीको निर्णायक मन्डलका सदस्य क्याटरिनका पति र फ्रान्सिसी फोटोग्राफर जेन क्लोड अर्नाल्टमाथि यौन शोषनको ओरोप लागेका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्