अष्ट्रेलियामा स्थायी बसोबासका लागि अंग्रेजी अनिवार्य



सिडनी,(एजेन्सी) ।

अष्ट्रेलियाली सरकारले विहिवार अबदेखि त्यहाँको स्थायी वासोवास भिसा लनका लागि त्यहाा बसिरहेका विदेशी पति वा पत्नीहरुले अंग्रेजी भाषा परिक्षा उत्तीर्ण गर्नुपर्ने बताएको छ । यदि संसदले यो विवादास्पद आप्रवास योग्यता अनुमोदन गरेको खण्डमा यसलाई सन् २०२१ को मध्य देखि कार्यान्वयन गरिने बताइएको छ ।

यस नयाँ कानुन अनुसार आवेदकका पार्टनरहरुले पनि आफ्नो अंग्रेजी सुनाई , बोलाई र लेखाईमा पोख्त भएको प्रमाणित गर्नुपर्ने भएको छ । आलोचकहरुले यस नीतिलाइृ पक्षपातीपूर्ण रहेको दावी गरेका छन् । तर सरकारले भने यसो गर्दा सामाजिक एकता मजुवत हुने धारणा व्यक्त गरेको छ ।

आप्वासा मन्त्री अलान टजले भनेका छन् , ‘ हामीलाई पर्मानेन्ट भिसाका आवेदक र स्पोनसरको आधारभूत अंग्ेजी दक्षताको आवश्यकता छ । अर्थात तिनीहरुले अंग्रेजी भाषा सिक्न कम्तिमा आवश्यक पहल गरेको छ भन्ने प्रमाणित हुनुपर्छ । पछिल्ला केहि वर्ष यतादेखि अष्ट्रेलियाको कन्जरभेटिभ सरकारले आप्रवासीहरुको अंग्रेजी भाषा सिपको परिक्षण गर्न जोड दिँदै आएका छ ।

अष्ट्रेलियामा अहिले केहि अन्य काम गर्न र अध्ययन भिसाका लागि अंग्रेजी दक्षता अनिवार्य रहेको छ । अष्ट्रेलियाली नागरिकताका लागि आवेदन दिनेहरुले पनि अंग्रेजी भाषा परिक्षा दिनु पर्दछ । अष्ट्रेलियाको कूल जनसंख्याको २० प्रतिशत भन्दा बढि मानिसले अन्य भन्दा अंग्रेजी भााषा बोलने गर्दछन् । त्यहाँका अन्य सबैभन्दा ठूला शहर सिडनी र मेलवर्नमा त ३५ प्रतिशत भन्दा बढिले अंग्रेजी बोल्ने गर्दछन् ।

मन्त्री टजले भनेका छन् , ‘ अष्ट्रेलियामा रहेका करिव दस लाख जनता अंग्रेजी जान्दैनन् वा अंग्रेजीमा कमजोर छन् । जसले गर्दा रोजगार र सामाजिक सिपका पक्षमा पिछडिएका छन् । यसका लागि सरकारले निशुल्क रुपमा पाँच सय घन्टा अग्रेजी भाषा कक्षा संचालन गर्ने योजना बनाएको छ । ’

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले अझै पनि पार्टनरहरु अस्थायी भिसामा अष्ट्रेलिया आउन सकने तर स्थायी रुपमा वसोवास गर्न भने अष्ट्रेलियाको पहिलो भाषा अंग्रेजी सिक्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्