पर्वतमा चाडपर्व लक्षित अनुगमन शुरु



न्युज अफ नेपाल, पर्वत । 

जिल्ला प्रशासन कार्यालय पर्वतले दशैँ नजिकिदै गर्दा बजार अनुगमन लाई तिब्रता दिएको छ । विहिबाार जिल्ला सरदुकाम कुश्मा बजारमा कुश्मा नगरपालिका, उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल प्रहरी, पत्रकार र कर्मचारीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केहि खाद्यव्यवसायीले मुल्य सूची नराखेको, खाद्य र अखाद्य बस्तु छुट्टै नराखेको, पसल दर्ता नगरेको, गोदाम सफा नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताउनु भयो । उहाँले उपभोक्ता सचेत हुन नसकेको बताउँदै दैनिक उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ता सचेत हुुनुपर्ने बताउनुभयो ।

अनुुगमनका क्रममा टोलीले केही मात्रामा खाद्य पदार्थ र पेय पदार्थको उपभोग्य अवधि समाप्त भएको पाइएकाले जिल्ला प्रशासन कार्यालयले उक्त बस्तु नियन्त्रणमा लिएको छ । कानूनी दायरामा नआएका तथा दर्ता नभएका पसलहरु सम्बन्धित निकायमा दर्ता गरी सूचिकृत हुन समेत सचेत गराइएको छ । गाउँ गाउँमा रहेका पसलहरुको पनि अनुगमन गरिनु पर्ने स्थानीय नागरिकहरुले आवाज उठाउदै आएका छन् । चाडवाडका बेला अखाद्य बस्तुको प्रयोगले हुन सक्ने सम्भावित जोखिम कम गर्न प्रशासनले अनुगमन कार्यलाइ तिब्रता दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्