बझाङ कालङ्गा हाईड्रोपावर ९२ प्रतिशत काम सम्पन्न



ललित सिंह, चैनपुर,बझाङ ।

सुदुरपश्चिम प्रदेशको एक मात्र पहिलो नीजि लगानीमा संञ्चालन हुन लागेको सबै भन्दा ठुलो कालङ्गा हाईडोपावरको काम अन्तिम चरणमा पुगेको छ ।
नीजि लगानीबाट सञ्चालित कालङ्गा हाईडोपावरको सम्पूर्ण काम पुस महिनामा भित्र पुरा भई फागुन महिना भित्र बिद्युत आपुर्ती हुने कम्पनीको दाबी रहेको छ । अहिले हाईडोपावरको काम ९२ प्रतिशत सम्पन्न भएको छ ।
बुंगल नगरपालिका–५ पाउँटामा संञ्चालन गरिएको कालङ्गा हाईडोपावरको काम तीब्र रुपमा अगाडि बढि रहेको छ । तीन बर्ष भित्र काम पुरा गरी बिद्युत बितरण गर्ने लक्षण लिएर २०७३ चैत ८ गते बाट हाईड्रोपावरको काम सुरु गरेको भए पनि बिश्वर भर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण देशमा लकडाउन भए संगै स्थानीयको अवरोधका कारण लक्ष्य भन्दा चार महिना ढिलो सम्पन हुन लागेको संञ्चालक समितिका पदाअधिकारीको भनाई रहेको छ ।
दुर्गमका अध्यारा गाउँमा उज्यालो बनाउदै बालबालिका र महिलासंगै मानव जीवनको जीवन शैलीमा परिर्वतन ल्याउन सफल हुने लगागीकर्ता तथा संञ्चालक शिब घिमिरेको भनाई छ ।
उहांले भन्नुभयो– हामी बुगल क्षेत्रमा मात्र ६५ मेगाावाट बिद्युत उत्पादन गर्दै छौं । कालङ्गा हाईड्रोपावरको क्षमता १५ .३३ मेघावाट हो सबै भन्दा अप्ठ्यारो काम सुरुङ्गमार्ग भए पनि साढे ३ किलो मिटर सुरुङ्ग मार्गको काम पुरा भई नहर पावर हाउसको घर र बाँध समेत पुरा भएको छ । हामी यो लगायत अन्य ३ योजना पनि बनाई रहेका छौ ।
सुदुरपश्चिका ९ जिल्ला र कर्णाली प्रदेशमा समेत ६५ मेगावाट बिद्युत उत्पाद गरी वितरण गरेर बिकास निमार्णमा टेवा पु¥याउने लक्ष्य रहेको संञ्चालक समिति सदस्य तीर्थराज चटौतले बताउनुभयो ।
उहांले भन्नुभयोे काम गर्न निकै गाह्रो छ , कहिले बाढी, झरी ,हिमपात कहिले स्थानीयले हाईड्रोपावर सम्वन्धी कुरा नबुझेको कारण अबरोध गर्दा बिभिन्न समस्या झेल्नु परेको छ । कम्पनीमा काम गर्ने दक्ष अर्धदक्ष र प्राबिधिक गरि जिल्ला बाहिर र भित्रका अहिले ५ सय जना भन्दा बढिले काम गरी रहेको छ ।
नीजि लगानी बाट संञ्चालित कालङ्गा हाईड्रोपावरको कुल लगात २ सय ८० करोड रहेको छ । त्यस मध्ये २५ प्रतिशत ब्यतिm र अन्य ७५ प्रतिशत माच्छापुच्छे बैक , एनएनबी बैक, सिभिल बैक लगायतको लगानी रहेको छ । पानी खेर गएको छ अध्यारो हटाई उज्याले ल्याउन हाम्रो यो प्रयास भएको समितिको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्