बलिउड निर्देशक अनिल देवगनको निधन



सन् २०२० बलिउड फिल्म क्षेत्रको लागि निकै अशुभ सावित भएको छ। यस वर्ष बलिउडका धेरै सेलिब्रेटीले ज्यान गुमाएका छन्।
यसै क्रममा बलिउड निर्देशक तथा अभिनेता अजय देवगनका कान्छा भाइ अनिल देवगनको निधन भएको छ। अजय स्वयंले सामाजिक सञ्जालको माध्यमबाट यसको जानकारी गराए हुन्। ‘सोमबार राति अनिल देवगनले यस संसार छोडेर गए। उनको असामयिक निधनले परिवार निकै दुःखी छ भने देवगन फिल्म्स् तथा म उसको कमीको सधै महसुस गर्नेछु। कोरोना भाइरसका कारण कुनै पनि शोकशभा आयोजना गरिने छैन कृपयाँ उनको आत्माको शान्तिको कामना गर्नुहोला।’ –अजयले सामाजिक सञ्जालमा लेखेका छन्।
अनिलको निधनको कारण बाहिर नआए पनि केही रिपोर्टमा भने अनिल क्यान्सरबाट पीडित भएको जनाइएको छ। अनिलले सन् १९९६ मा आएको आएको शनि देवल, करिश्मा कपुर र सलमान खान अभिनित फिल्म जितमार्फत सहनिर्देशकका रूपमा बलिउडमा डेब्यु गरेका थिए। फिल्म हिन्दुस्तानकि कसम, प्यार तो होना हि था र इतिहासमार्फत उनले निकै सबलरूपमा सहनिर्देशकका रूपमा काम गरेपश्चात् सन् २००० मा आएको अजय देवगनको फिल्म राजु चाचामार्फत निर्देशकको रूपमा काम गरेका थिए भने सन् २००५ मा फिल्म ब्ल्याकमेल निर्देशन गरेका थिए। अनिलको अन्तिम फिल्म सन् २००८ मा आएको हाले दिल हे थियो। अनिलको निधनले गत वर्ष मात्र पिता बिरु देवगनलाई गुमाएका अजय देवगन परिवार निकै शोकमा डुबेको छ भने प्रियंका चोपडालगायत कासेलिब्रेटीले अनिलको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्