१ सय १४ जिल्ला न्यायाधीशको सरुवा



काठमाडौं, (नेस)
न्यायपरिषद्को बुधबार बसेको बैठकले १ सय १४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्यायपरिषद्बाट थाहा भएअनुसार सरुवा हुनेमा अधिकांश दुई वर्ष एकै अदालतमा कार्यरत रहेका छन् ।
न्यायपरिषद्ले गत साउन महिनामा नै सरुवा गर्न खोजेको भए पनि कोरोना भाइरसको संक्रमणका कारण सो कार्य ढिलाइ भएको बताइएको छ । सरुवा भएका न्यायाधीशहरुले मुद्दाको सुनुवाइ अब नयाँकार्यालयमा मात्र गर्ने भएका छन् ।
न्यायपरिषद्का एक कर्मचारीले उच्च अदालतका न्यायाधीशको पनि सरुवा गर्नुपर्ने अवस्था भइसकेको बताए । न्यायपरिषद्ले नयाँनियुक्ति भएका २९ जना न्यायाधीशलाई पनि बुधबार नै पदस्थापन गर्ने निर्णय गरेको छ ।
यसैबीच केही दिनअघि मात्र सर्वोच्च अदालतले ८५ जना नायब सुब्बा र २६ जना डिठ्ठालाई सरुवा गरेको छ । यसै गरी सर्वोच्चले १७ जना तामेलदार, १ जना सवारी चालक र ७ जना कार्यालय सहयोगीलाई पनि एक अदालतबाट अर्कोमा सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्