जाजरकोटमा जिप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ को मृत्यु, दुई बेपत्ता



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुदा वडा अध्क्षय सहित ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

सदरमुकाम खलंगाबाट जुनिचादे गाउपालिका जाँदै गरेको भे १ ज ९३५ नम्वरको यात्रु बाहक जिप औलभीरमा दुर्घटना हुदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

आज दिउसो जाजरकोट खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्र पराले तर्फ जादै गरेको को यात्रु बहाक जिप औल भीरमा दुर्घटना हुदाँ जुनीचाँदे गाउँपालिका ११ का वडा अध्यक्ष अमर वहादुर शाही, सोही वडाका अन्दाजी ६० बर्षिय कृति बहादुर शाही, जुनीचाँदे गाउँपालिका ५ का अन्दाजी ३२ बर्षिय स्वास्थ्यकर्मी खिम बहादुर शाही वडा नंम्वर ५ गर्खाकोटका अन्दाजी ३० बर्षिय कृष्ण बहादुर शाही,सोही वडाकी अन्दाजी ३० बर्षिय मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताउनु भयो । अन्य २ जना मटेला खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

वडा नंम्वर ११ का नर बहादुर बुढा दुर्घटनामा परि गंम्भीर घाईते भएका छन । जुनीचाँदे १ औलखोला लोड्नी भीरबाट करिव दुई सय मिटर तल मजकोट खोलामा परेको स्थानिय गोपाल गिरीले जानकारी दिनु भयो । दुर्घटना स्थल जाजरकोट सदरमुकाम देखी करिव २० कोष पश्चिममा पर्दछ । गाडी खोलामै रहेको छ भने गाडी चालक गोरख वस्नेत फारर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्