डा.केसी बचाउ देशव्यापी अभियान, सरकारले ध्यान नदिए स्वास्थ्य सेवा नै ठप्प पार्ने चेतावनी



भगवती तिमल्सिना, काठमाडौ । 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको जीवन बचाउ अभियानमा चौतर्फी रुपमा दबाब सृजना भएपछि नेपाल सरकारले डा केसीको सत्याग्रहको २३ औं दिनमा उहाँलाई भेट्न शिक्षा सचिव सहित ३ जनाको टोलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगंज बिना एजेण्डा पठायो ।

शिक्षा सचिव सहितको टोली आएर डा केसिलाई सत्याग्रह रोक्न आग्रह मात्र गरे र सरकारको तर्फबाट औपचारिक वार्ता टोलि नबनेको जानकारी दिए । डा केसीले “यस अगाडि नै सरकारका प्रवक्ताले त्यही कुरा भनेकाले त्यसका लागि दुख पाउन नपर्ने थियोे भन्नुभयो ।” साथै मागहरूमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेर फिर्ता पठाइदिनुभएको डा.केसीका सहयोगी प्रीतम सुवेदीले जानकारी गराउनुभयो । यो रवैयाले डा केसीको स्वास्थ्य नाजुक भैरहंदा सरकारको सम्वेदनहीनता प्रस्ट हुन्छ ।

नेपाल चिकित्सक संघले आईतबारै डा.केसीको जीवन रक्षाका लागि वार्ताटोली गठन गरि वार्ता शुरु नगरे संघले जस्तोसुकै कदम चाल्नुपरेपनि पछि नहट्ने अल्टिमेटम दिएको छ । सरकारलाई संघले अल्टिमेटम दिएको पनि ४८ घण्टा बितिसकेको छ ।

त्यसैगरि विभिन्न रेजिडेन्ट डक्टर एशोसियसनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै निस्वार्थी, निष्ठावान सत्याग्रही डा.केसीको १९ औं अनसनको २३ दिन वितिसक्दा पनि सरकारको तर्फबाट वार्ताको लागि कुनै पहल समेत नहुनुले नेपाल सरकारको गैरजिम्मेवारी पन उदागो भएको उल्लेख गरिएको छ । एशोसियसनले २ दिन अघि दिएको अल्टिमेटम अनुसार नै कडा भन्दा कडा कार्यक्रम अघि बढाउने जनाएको छ ।

नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजका अध्यक्ष डा.सुभाष देवकोटा, रेरिडेन्ट एशोसियसन अफ न्याम्स चि.वि.रा.प्र.न्याम्स, वीरअस्पताल, काठमाडौका अध्यक्ष डा.प्रकाश भट्टराई र जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अध्यक्ष डा.राजेन्द्र घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै ओ.पि.डि.सेवा बहिष्कार गर्ने, कालोपट्टी सहित विविध धर्नाका कार्यक्रम गर्ने, कोभिड, इमर्जेन्सी र इन्डोर सेवामा कालो पट्टी बाँधेर यथावत ड्यूटीलाई निरन्तरता दिने जनाएका छन् ।

जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अध्यक्ष डा.राजेन्द्र घिमिरे, उपाध्यक्ष डा.पदम नेपाली, सचिव डा.गणेश फूलाराले जारी गरेको आवहानमा आजको कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै २१ गतेको कार्यक्रम सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बिहान ८ बजे भेला भै भानु चोकसम्म र्याली गर्ने र पुनः कोणसभा गरि धर्नामा परिणत हुने जनाएको छ । त्यसैगरि सरकारले वार्ताटाली गठन नगरेसम्म रिन्तर रुपमा बुधबारदेखि नै इमर्जेन्सी र कोभिड बाहेक सम्पूण स्वस्थय सेवाहरुमा सहभागी नहुने र सहयोग र समर्थनका लागि सबै फ्याकल्टीलाई अनुरोध गरेको छ । यदि सरकारले वार्ता टोली गठन गरेमा डा.केसीको जीवन रक्षाको सुनिश्चित नहुन्जेल २ घण्टा इमर्जेन्सी र कोभिड बाहेकको सेवा बहिस्कार गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्