एक थान भरुवा बन्दुक बरामद



न्युज अफ नेपाल, पाल्पा ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले माथागढी गाउँपालिका वडा नं. ५, को सुर्काबासबाट भरुवा बन्दुक बरामद गरेको छ । माथा प्रहरी चौकीबाट सोमबार गरिएको गस्तीका क्रममा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

वरामद वन्दुक रितपूर्वक कार्यालयमा दाखिला गरिएको प्रहरीको भनाइ छ । प्रहरीले वरामद वन्दुकका वारेमा अनुसन्धान भइरहेकोले थप विवरण पछि दिइने जानकारी दिएको छ ।

जिल्लामा केही समय यता भरुवा बन्दुक प्रयोग गरी वनजंगलका वन्यजन्तु र पंक्षीको चोरी सिकारी भइरहेको गुनासो आएपछि अवैध वन्दुकको वारेमा प्रहरीले सक्रियता वढाएको छ । यस अघि जिल्लाको रैनादेवी छहरामा पनि प्रहरीले दुइथान वन्दुक फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्