सत्तापक्षले नागरिकका समस्या सम्बोधन गर्न सकेन : नेता शाह



बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारले नागरिकका समस्या सम्वोधन गर्न नसकेको प्रतिपक्ष दल नेपाली काग्रेसका नेता कार्यकर्ताले आरोप लगाएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाईरस कोभिड १९ को संक्रमणका कारण देश नै थला परेको अवस्थामा सरकारले नागरिकका दैनिक जिवनमा आईपर्ने समस्या समाधान गर्न सकेको बताएका छन् ।

कोरोना भाईरस कोभिड १९ ले देश लकडाउन भएपछि बन्दावन्दीको समयमा स्वास्थ्य सामाग्री सहित जाजरकोट पुगेर सामाग्री हस्तान्तरण गरी कसैसग भेटघाट नगरि काठमाण्डौ फर्केका समाजसेवी तथा नेपाली काग्रेसका नेता राजिव विक्रम शाह सरकारले बन्दावन्दीको अन्त्य गरेपछि जनताका सुख दुख पिरमर्का बुझन जाजरकोट पुगेर नेता शाह स्थानिय तहका कार्यकर्तासग भेटघाट गर्दै हिड्नु भएको छ ।

नेता शाहले जनतासग म भाषण गर्न आएको होईन, तपाईहरुका समस्या के छन सुन्न आएको हुँ बोल्ने पालो तपाईहरुको हो भने पछि, भेरी नगरपालिका १३ कुदुकी कालिका खत्रीले विकासका योजना विस्तारै हुने हुन मुख्य समस्या खानेपानीको बताउनु भयो । पानीको समस्या कहिल्यै समाधान नहुने भयो दुखका दिन कहिल्यै नजाने भए आएको वजेट सदुपयोग लाग्दैन पानी वनाउदैन्न भेरीको दुषित पानी खाना बाध्य छौ खत्रीले भन्नु भयो ।

भेरी नगरपालिका १३ कुदुका नागरिकहरुले खानेपानीमा समस्या भएको गुनासो राखेका थिए । नागरिकको जवाफलाई सम्वोधन गर्दै नेता शाहले सरकारी निकायमा अझै पहल गरौ, आएको वजेट सदुपयोग लगाउन आवाज उठाउ, स्थानिय देखि केन्द्रिय सरकार नेकपाकै छ, बर्तमान सरकारका बन मन्त्री शक्ति बहादुर वस्नेत जाजरकोटकै हुनुहुन्छ प्रदेश सभा, राष्ट्रिय सभा लगाएत स्थानिय सरकारमा नेकपाकै बहुमत छ उहाँहरुले सक्दिनौ भन्नु पर्यो कुदुको सयौ वर्ष देखिको खानेपानी समस्या म ६ महिनामा पानीको समस्या समाधान गरेर देखाई दिन्छु नेता शाहले भन्नु भयो ।

सरकारले आगामी ६ महिना सम्म कुदुमा खानेपानीको समस्या समाधान गर्न सकेन भने आफनै पलह कदमी लिएर जसरी पनि खानेपानी समस्या समाधान गर्छु मेरो बाचा भयो जनता समक्ष नेता शाहले भन्नु भयो ।

जाजरकोट पुगेर नेता कार्यकर्तासग तिन दिन लगातार भेटघाटमा व्यस्त भएका नेता शाहले कम्युनिष्ट अधिनायकका विरुद्ध नेता कार्यकतालाई एकजुट हुन आग्रह गर्नु भयो । दुई तिहाईको दम्भ देखाएर चरम भष्टाचार बेथिति अराजकता र दण्डहिन्ता बढ्दै गएकोले सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।

भेरी नगरपालिका १२ कटी गाँउ दलित बस्तीका नागरिकले बर्षौ देखि नाउलाको दुषित पानी पिउदै आएको जानकारी पाएपछि जिल्ला समन्य समितिका सदस्य तेज विक्रम शाहले निजी लगानीमा ४० हजार वरावरको इन्टेक वनाईदिने घोषणा गर्नु भएको छ ।

रुकुम पश्चिमको चौरजाहारी नगरपालिका ८ सोतीमा भएको घटनाका पिडित परिवारसग भेटघाट गरेर आफु पिडित परिवारको न्यायको लागी सधै साथ दिने वताउनु भयो । नेता शाहले नवराज लगाएतका मृतक परिवारका घरमा पुगेर भेटघाट गरेर कानुनी सहायताका लागी व्यवस्था गर्ने वताउनु भयो । पिडित परिवारले दोषीलाई हदै सम्मको कार्बाहि गरि आफुले न्याय पाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्