फूलपातीलाई लक्ष्मीपूजा



सिनेमा हल खुले पनि नखुले पनि आगामी कात्तिक ७ गते फूलपातीका दिन रिलिजको घोषणा गर्दै फिल्म लक्ष्मीपूजाको टिजर सार्वजनिक गरिएको छ। सलोन सलिना फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत फिचर्ड छन्। समीर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन्। फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिनेछन्।
निर्माता शोभितका अनुसार जाहन्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदै छिन्। फिल्ममा विपीन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ। शोभितले हल खुले हलबाट अन्यथा डिजिटल बजारबाट आप्mनो फिल्म रिलिज गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्