दुई अमेरिकी र एक बेलायती वैज्ञानिक चिकित्सातर्फको नोबेल पुरस्कारबाट विभुषित



स्टकहोम, (एजेन्सी) ।

यस बर्षको पहिलो नोबेल पुरस्कारको घोषणा भएको छ । चिकित्सा तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन वैज्ञानिक हार्वे जे आल्टर, माइकल ह्युटन र चाल्र्स एम राइसलाई प्रदान गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

ती तीनै जना वैज्ञानिकले हेपाटाइटिस सी भाइरस पत्ता लगाएको हो । नोबेल पुरस्कारबाट सम्मानित हार्वे जे अल्टर र चाल्र्स एम राइस अमेरिकी हुन् भने माइकल हगटन बेलायती वैज्ञानिक हुन् । स्टकहोममा विजेताहरुको नाम नोबेल कमिटीका अध्यक्ष थोमस पेरिमनले घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनको अनुमानमा विश्वभरी ७ करोड हेपाटाटिस रोगी रहेको र हरेक बर्ष ४ लाख यस रोगका कारण मृत्यु हुने गरेको छ । यो रोग क्रोनिक हुनुले लिभर समस्या तथा क्यान्सरको कारक बन्ने गरेको छ ।

चिकित्सा तर्फको नोबेल विजेताहरुको चयन स्विडेन स्थित क्यारोलिन्स्का इन्स्टिच्युटको ५ सदस्यिय कमितिले गर्छ । पुरस्कार रुपमा १० लाख स्विडिस क्रोनर धनरासी विजेतालाई प्रदान गरिन्छ । एक भन्दा बढी विजेता रहँदाको हकमा उक्त रकम सबैलाई बराबर भागबन्डा गरिन्छ ।

नोबेल पुरस्कारको स्थापना डायनामाइटका आविस्कारक महान वैज्ञानिक अल्फ्रेड नोबेलले गरेको थियो । उनको पुण्यतिथि डिसेम्बर १० मा आयोजना हुने समारोहमा यो पुरस्कार प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्