बलिउड अभिनेत्री मिस्टीको निधन



बलिउड अभिनेत्री मिस्टी मुखर्जीको निधन भएको छ। मृगौलासम्बन्धी रोगसँग जुधिरहेकी अभिनेत्रीले ब्यागलुरुस्तथित एक अस्पतालमा अन्तिम श्वास लिएको आजतकको अनलाइन संस्करणले जनाएको छ।
पछिल्लो समय निकै कष्टकर जीवन बिताइरहेकी उनी करिब एक दशकदेखि फिल्म क्षेत्रमा सक्रिय थिइन्।

सन् २०१२ मा फिल्म लाइफ कि तो लग गई मार्फत बलिउडमा डेब्यु गरेकी मिस्टीले केही आइटम गीतमा काम गरेकी थिइन्। तर, उनले बलिउडका ठूला प्रोजेक्ट भने हात पार्न सकेकी थिइनन्। मिस्टी फिल्मभन्दा पनि विभिन्न विवादका कारण चर्चामा रहिन्।

उनलाई सन् २०१४ मा सेक्स ¥याकेट चलाएको आरोप लागेको थियो भने प्रहरीले उनको घरमा छापा मार्दा अश्लील भिडियोका सिडी तथा टेप बरामद गरेको थियो। त्यसपश्चात् प्रहरीले उनलाई हाई प्रोफाइल सेक्स ¥याकेट केसमा पक्राउ गरेको थियो। यो केसमा उनको परिवार पनि फसेको थियो। मिस्टीले हिन्दी फिल्मका साथ बंगाली फिल्ममा पनि काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्