राष्ट्रपति सीद्वारा ट्रम्प दम्पतीलाई स्वास्थलाभको कामना



बेइजिंग,(एजेन्सी ।

चिनिया राष्ट्रपति सी जिन्पिंगले आइतवार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्प र उनकी पत्न एवं अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको यथाशिघ्र सुस्वास्थको कामना गरेका छन् । कोरोना भाइरस पोजिटिभ भएकाले ट्रमप दम्पतीको अमेरिकाको एक अस्पतलमा उपचार भइरहेको छ ।

वाल्टर रिड मेडिकल सेन्टरबाटै आइतवार राति ट्रम्पले आफुलाई श्वास फेर्न समस्या हुन थालेपछि कोभिड १९ विरुद्ध प्रयोगात्मक एन्टिबडी उपचार थालिएको ब्यहोरा टिव्टर मार्फत जानकारी गराएका थिए । आइतावार चिनिया राष्ट्रपति सीले ट्रम्पलाई पठाएको सन्देश , ‘ म र मेरी पत्नी पेंग लिउयान तपाईं र तपाईकी पत्नी प्रति कोरोना भाइरस संक्रमित हुन पुग्नु भएकोमा सहानुभूति प्रकट शिघ्र स्वास्थलाभको कामना गर्दछौं । ’

चिनिया सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ । सीको कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सका प्धान सम्पादक हु सिजिनले ट्रम्प र उनकी पत्नी मेलानियाले कोभिड १९ लाई खेलाँची ठानेकाले अहिले त्यसको ठूलो मूल्य चुकाउनु परेको अभिव्यक्ति दिएको केहि समयपछि सीको यो सन्देश सार्वजनिक भएको हो । शुरु देखि नै ट्रम्पले चीनकै लापरवाहीको कारण विश्वमा कोरोना महामारी फैलिएको आरोप लगाउँदै यसको लागि चीनले पूर्ण जिम्मेवारी लिनुपर्ने बताउँदै आएका थिए ।

दशकौं देखि व्यापार , प्रविधि र सुरक्षा लगायत बेइजिंगको हंगकंग माथिको निरन्तर निगरानी र नियन्त्रण एवं चीनको सिन्जयांगको उत्तर पश्चिमी क्षेत्रमा मुश्लिम समुदाय माथि हुने गरेको दमन आदिी विषयमा अमेरिका र चीनबिच तनाव चल्दै आइरहेको छ ।

गत मार्चमा ट्रम्पले आफ्नो ची तथा चिनिया राष्ट्रपति सीसंगको सम्बन्ध निकै समधुर रहेको बताएका थिए । राष्ट्र ट्रम्पको उपचारमा खटिएका चिकित्सकहरुले उनको स्वास्थमा क्रमिक सुधार आइरहेको तथा अहिले सर्वसाधारणको पहुँचमाा पुगिनसकेको तथा रिजेनेरोन कम्पनलिे तयार पारेको पोलिक्लोनल एन्टिबडी ककटेल लागतयका औषधि उनको उपचारमा प्रयोग भइरहेको जानकारी दिएका छन् ।

यसैबिच ट्रम्पले आफु ठीकठाक ैरहेको तर चिकित्सकहरुले अझै पूर्ण रुपमा रसुक्षित भइनसकेको बताएको जनाएका छन् । उनको स्वास्थमा देखिएको सुधार प्रति चिकित्सकहरुले खुशी प्कट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्