चेल्सीको फराकिलो जित



लन्डन, (एजेन्सी)
चेल्सीले प्रिमियर लिगअन्तर्गत शनिबार भएको क्रिस्टल प्यालेसविरुद्धको खेलमा ४–० को फराकिलो जित निकालेको छ।
चेल्सीको यो जारी सिजन लिगमा दोस्रो जित हो। टोलीको जितमा जोर्गिन्होले दुई गोल गरे भने बेन चिलवेल र कुर्ट जुमाले एक–एक गोलको योगदान दिए। चिलवेलले जुमाको गोलमा एसिस्टसमेत गरे। उनलाई यस समरमा चेल्सीले लेस्टर सिटीबाट ४५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो।
४९ मिनेटसम्म गोलरहित रहेको उक्त खेलमा २३ वर्षीय चिलवेलले डेडलक तोडेका थिए। उनले ५०औं मिनेटमा गोल गर्दै चेल्सीलाई १–० को अग्रतामा राखे। ६६औं मिनेटमा उनले बाया“बाट गरेको सानदार क्रसमा जुमाले गोलको दिशा दिएका थिए। योस“गै चेल्सी आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–० को अग्रतामा रह्यो।
बा“की दुई गोल पेनाल्टीमा भएका थिए। दुवै पेनाल्टी किक जोर्जिन्होले गरेका हुन्। चेल्सीका लागि गोलकिपर एडवार्ड मेन्डीले यसै खेलस“गै डेब्यू गरेका छन्। मेन्डीलाई २२ मिलियन पाउन्डमा चेल्सीले अनुबन्ध गरेको थियो। उनी पहिलो खेलमै क्लिन सिट पाउन सफल भएका छन्। चेल्सीले यो जितस“गै ७ अंक बनाउ“दै अंक तालिकाको शीर्ष चारमा स्थान बनाएको छ।

प्रतिक्रिया दिनुहोस्