‘दोस्रो नेपाल-भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव’ सम्मेलन हुने



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा यहि असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल भारत फ्रान्चाइज इन्भेष्टमेन्ट एक्सपो एण्ड कन्क्लेवको आयोजना गर्ने भएको छ ।

तीन दिनसम्म चल्ने यस सम्मेलन विशेष रुपले तयार पारिएको थ्री डी टेक्नोलोजीसहितको भर्चुअल प्लेटफर्म मार्फत आयोजना गरिनेछ । यस सम्मेलनको पहिलो संस्करण गत मे २०१९ मा सम्पन्न भएको थियो । सो सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरुले सहभागीता जनाएका थिए ।

नेपालका दुई हजार भन्दा बढी उद्यमीहरुको सहभागीता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरुसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रदान गरेका थिए । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो । नयाँ उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसायलाई सुरु गर्न अवसर प्रदान गर्ने भएकोले पनि यस्ता कार्यक्रमबाट दुवै तर्फका ब्राण्ड तथा फ्रान्चाइजहरुले प्रचुर मात्रामा लाभ उठाउन सक्छन् ।

साथै यस कार्यक्रमले नव उद्यमीहरुलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरुसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्दछ । यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्याउनमा मद्दत हुने द्रतावासले जनाएको छ ।

यस्तै, दूतावसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ नेपालको व्यापारिक क्षेत्रसँग समृद्धिको पथमा सँगै हिड्न भारत प्रतिबद्ध रहन्छ र यो विश्वासलाई मूर्तरुप दिन यस्ता किसिमको कार्यक्रमा व्यवसायिक समुदायको उत्साहजनक उपस्थिति आवश्यक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्