सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालय समक्ष ज्ञापन पत्र बुझायो



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल चिकित्सक संघले कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव समक्ष ९ बुद्धे ज्ञापन पत्र शुक्रवार बुझाएको छ ।

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालले संयुक्त रुपमा हस्ताक्षर गरि पेश गर्नुभएको पत्रमा कोरोनाको जोखिमका बाबजुद्ध पनि प्रथम लाइनमा रही स्वास्थ्य सेवा प्रवाहमा समर्पित भई रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु संक्रमित हुने क्रम तिब्र गतिमा वृद्धि हुँदै गईरहेको छ । हाल आएर स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सकको मृत्यु हुने क्रमको शुरुवात समेत भएकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।

यो अवस्थामा नेपाल सरकारले चिकित्सकको मनोबल उच्च राख्दै डिउटीमा खटिएका संक्रमित चिकित्सकको उचित रुपमा स्वास्थ्य उपचारको व्यवस्था गर्ने र उपचार खर्च सरकारले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । साथै सेवागर्दा गर्दै कुनै चिकित्सकको कोरोनाका कारण मृत्यु भएमा बीमाबाट १ करोड बराबरको क्षतिपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने र स्वास्थ्यकर्मीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था हुनुपर्ने लगायतका मागहरु पेश गरिएको छ ।

संघले मनत्रालयमा पेश गरेको पत्रमा निम्न लखित समस्याहरुको यथासिघ्र समाधानका लागि यस संघ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउँन चाहन्छ ।

तपसिलका समस्याहरु

१) काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सिघ्र उपचारका लागि काठमाडौंमा ल्याउनको निमित्त आकस्मिक हेलिकप्टरको व्यवस्थापन गर्नु पर्ने ।

२)  चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएको खण्डमा नीजहरुको उपचार खर्च लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाल सरकारले नै लिनुपर्ने ।

३) नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु जस्तै क्ष्लवभअतष्यल च्झभमभकष्खष्च,  लगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्नु पर्ने ।

४)  विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम देशभरका स्वास्थ्य संस्थाहरुमा संक्रमण व्यवस्थापन सम्बन्धी ठोस प्रभावकारी रणनीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्नु पर्ने ।

५) युद्धमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्नका लागि सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने ।

६)  कोभिड उपचारको क्रममा संक्रमित भएका चिकित्सकहरुको आवश्यक उपचारको व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था हुनु पर्ने ।

७) कोभिड–१९ को संक्रमणको उपचारमा संलग्न चिकित्सकहरु स्वयं संक्रमित भई मृत्यु भएमा रु. १ करोड सम्मको बीमा रकम भुक्तानीको सुनिश्चिता प्रदान गर्नु पर्ने ।

८) स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भिडभाड बढदै गएकोले स्वास्थ्य संस्थामा हुने भीडलाई कम गर्नका लागि पूर्व निर्धारित समय लिने व्यवस्थालाई कडाईका साथ लागू गर्नु पर्ने,

९) स्वास्थ्यकर्मीलाई आईसीयू र भेन्टिलेटर संचालन गर्न सक्ने गरी तालिमको व्यवस्था गर्ने तथा समुदायमा कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।

माथि उल्लेखित बुँदाहरुको अबिलम्ब कार्यान्वयन गरी कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको जोखिम मोल्दै स्वास्थ्य सेवा प्रवाहमा होमिएका चिकित्सकहरुको मनोबल उच्च पार्न नेपाल चिकित्सक संघ सचिव समक्ष हार्दिक आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्