यातायात खर्चको लोभमा जनप्रतिनिधि, आफैले खरिद गर्न लगाएको मोटरसाईकल फिर्ता



सञ्जय कार्की, रौतहट ।

दुई बर्ष देखि चढदै आएको मोटरसाईकल चन्द्रपुर नगरपालिकाका वडाअध्यक्षहरुले मासिक दश हजार पाउने भएपछि फिर्ता गरेका छन ।

प्रदेश सभा प्रदेश नम्बर २ जनकपुरले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुबिधाको बिधेयक प्रमाणिकरण गरेपछि चन्द्रपुर नगरपालिकाका ६ जना वडाअध्यक्षहरुले चढदै आएको मोटरसाईकल फिर्ता गरेका हुन । प्रदेश सभा बाट पारित बिधेयक प्रमाणिकरणमा नगरपालिकाका वडाअध्यक्ष लाई यातायात खर्च बापत मासिक १० हजार तोकेपछि दोहोरो सुबिधा लिन नमिल्ने भन्दै दुई बर्ष देखि चढदै आएको पल्सर बाईक चन्द्रपुर नगरपालिकाका वडानम्बर ४ का अध्यक्ष अमर आले, वडानम्बर ५ का अध्यक्ष संजय काफ्ले, वडानम्बर ६ का अध्यक्ष खडक बहादुर कुश्वार, वडानम्बर ८ का अध्यक्ष पासपात चौधरी, वडानम्बर ९ का अध्यक्ष गोबिन्द दुलालले फिर्ता गरेका हुन ।

उता वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती र वडानम्बर १० का अध्यक्ष जयराम चौधरीले फिर्ता गरेका छैनन । वडानम्बर २ का अध्यक्ष दुत बहादुर थिङ्ग र वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटाले त्यसै समयमा मोटरसाईकल नलिने र खरिद गर्ने रकमले गरिब, दुखी, असहाय, बिपन्न परिबारको जीबिकोपार्जन र उत्थानमा खर्चिन आग्रह गरेका थिए भने वडानम्बर १ का अध्यक्ष बिरु रखालले भने आफुले बुझेको मोटरसाईकल चोरी भएको जानकारी गराएका थिए ।

चन्द्रपुर नगरपालिकाको मिति ०७५ असोज २२ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नम्बर ३ मा वडाअध्यक्ष लाई मोटरसाईकल दिने भनि निर्णय गरेर बितरण गरिएको थियो । वडाअध्यक्ष सहितका कार्यपालिका बैठकले मोटरसाईकल खरिद गर्ने निर्णय गर्दा ३० लाख भन्दा माथिको मोटरसाईकल खरिद गरिएको थियो । दोहोरो सुबिधा हुने भन्दै फिर्ता गरिएको मोटरसाईल चन्द्रपुर नगरपालिकामा थन्किएको छ भने मोटरसाईकल खरिद गरिएको रकम फजुल खर्च भएको छ । सो रकम वडाअध्यक्षहरु बाट भराउनु पर्ने माग स्थानीयले गरेका छन । आर्थीक मितब्ययिता नअपनाउदा चन्द्रपुर नगरपालिकाको फजुल खर्चमा बृध्दि भैरहेको छ । कार्यपालिकाको निर्णय बिपरित वडाअध्यक्षहरुले मोटरसाईकल फिर्ता गरेको जनाइएको छ ।

एक वडाअध्यक्षले भने मासिकरुपमा रकमनै पाउने भएपछि नगरपालिकाको मोटरसाईकल किन चढनु परयो तेसैले फिर्ता गरिदिएको छु । प्रदेश सभा बाट वडाअध्यक्षहरुको लागि पत्रपत्रिका, ईन्टरनेट प्रति महिना–३०००÷–, टेलिफोन, मोबाईल रिचार्ज–३०००÷–, अतिथी सत्कार–८०००÷–, अनुगमन भता प्रत्येक पटक–२०००÷–, बैठक भता–२०००÷– दैनिक भ्रमण भता प्रति दिन–२०००÷–बजेट खर्च गर्न पाउने बिद्येयक प्रमाणिकरण गरेको हो । तर प्रदेश सभाको वेभसाईटमा राखेको प्रमाणिकरण बिद्येयकमा भने सभामुखको हस्ताक्षर छैन ।

प्रतिक्रिया दिनुहोस्