२५ युवालाई नेकपामा स्वागत, पूर्व मन्त्री बास्कोटा पार्टी प्रवेश गराउन सक्रिय



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली काँग्रेस परित्याग गरी २५ जना नेकपामा प्रवेश गरेका छन् । पनौती नगरपालिका वडा नम्वर ७ मा आयोजित कार्यक्रममा नेकपा काभ्रेका इन्चार्ज एवं केन्द्रिय सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले युवाहरुलाई स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । बास्कोटा मन्त्री पदबाट राजिनामा दिए लगत्तै पार्टी काममा सक्रिय हुन थालेका छन् ।

पनौती नगर क्षेत्रमा सामाजिक अभियानमा समेत सक्रिय युवाहरु सितु सैँजु, राजकुमार मास्के, राजकुमार अमात्य लगायतका २५ युवाहरु नेकपा प्रवेश गरेको वडा कमिटी संयोजक रोशन श्रेष्ठले जानकारी दिनु भयो ।

यस अघि पनौती नगरपालिका वडा नम्वर १२ मा १ सय भन्दा धेरै युवाहरु नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । विचार, कार्यक्रम र सागठनिक रुपले नेकपालाई सुदढ बनाउँदै पार्टीको सम्पुर्ण ध्यान विकास र समृद्धमा लगाएको इन्चार्ज एवं पुर्व मन्त्री बास्कोटाले बताउनु भयो । ‘नेकपाले शुरु गरेको विकासलाई बहुआयामिक रुपमा अगाडी बढाउनु जरुरी छ’– नेता बास्कोटाले भन्नुभयो–‘मुलुकको विकासका लागि नेकपा बाहेकको नेतृत्व सम्भव छैन ।’ पटक पटक सरकारको नेतृत्व गरेको काँग्रेसले विकास भएन भन्नु भ्रम भएको बताउँदै नेकपा काभ्रे इन्चार्ज बास्कोटाले काभ्रे जिल्लाको विकास सेवा क्षेत्रका आधारमा लगानी भएको बताउनु भयो ।

‘काभ्रेलाई सेवा क्षेत्रका रुपमा विकास गर्नु पर्छ’–बास्कोटाले भन्नुभयो–‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सेक्युरिटी प्रेस जस्ता महत्वपूर्ण संरचना काभ्रेमै निर्माण शुरु भएका छन् ।’ पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, विशेष आर्थिक क्षेत्र सेज, बनेपामा प्रतिरक्षा विश्वविद्यालय, यातायातको सुगमतासँगै भएका अन्य विकासका कार्यहरु शुरु भएको बास्कोटाले बताउनु भयो । सरकारले विदेशसँगको सम्वन्ध राम्रो बनाएको र कोभिडको महामारीमा समेत नेपालको अर्थतन्त्रलाई शुन्यमा झार्न नदिएको बताउँदै नागरिकहरुको सुरक्षा र विकासलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्यहरु बसुन्धरा हुमागाई, चन्द्र लामा लगायतले नेकपाको नेतृत्वमा जिल्लामा मात्र नभई मुलुकमै विकासका लहर चलाएको बताउनु भयो । वडा संयोजक रोशन श्रेष्ठले नेकपा प्रतिको आर्कषण विकास र समृद्धकै कारण बढेको बताउनु भयो । नेकपा नेताहरु सन्तोष केसी, बालकृष्ण कर्माचार्य लगायतले नेकपाको नेतृत्वमा भएका विकासले नागरिकहरको जीवन समृद्ध हुने बताउनु भयो । नव प्रवेशी युवाहरुले नेकपाले देखाएको सपना अनुसारको विकास शुरु भएकाले पार्टी प्रवेश गरेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्