आर्सेनल काराबाओ कपको अन्तिम आठमा



एजेन्सी ।

आर्सेनल इंग्लिस काराबाओ कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको खेलमा प्रमुख उपाधि दावेदार लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सेनल अन्तिम आठमा प्रवेश गरेको हो ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको अन्तिम १६ को निर्णायक खेलमा आर्सेनलले लिभरपुललाई उसैको घरेलु रंगशाला एनफिल्डमा पेनाल्टी सुट आउटमा ५-४ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

खेलको निर्धारित ९० मिनेटको समयसम्म दुवै पक्ष गोलरहित बराबरीमा रोकिएपछि खेललाई सोझै पेनाल्टी सुटआउटमा लगिएको थियो । जसमा आर्सेनलले लिभरपुललाई हराउँदै आफ्नो यात्रा लम्ब्याए ।

दुवै तर्फबाट ६–६ जना खेलाडीले पेनाल्टी हानेकोमा लिभरपुलका २ जना खेलाडीले पेनाल्टीमा गोल गर्न चुकाएपछि आर्सेनलले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पेनाल्टीमा लिभरपुलले ४ प्रहारमा गोल हान्यो भने आर्सेनलले ५ पेनाल्टीमा गोल गर्न सफल भएको थियो । लिभरपुलका लागि ह्यारी विल्सन गोल गर्नबाट चुकेका थिए ।
अब क्वार्टरफाइनलको ड्र निक्लेपछि आर्सेनलको प्रतिद्वन्द्वी निश्चित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्