पर्यटन सुन्दरीदेखि मुसिसम्म छिरिङ



रश्मी थापा

हेवारीपछि महिलाका सबै सपना तुहिन्छन् र चार घेराभित्र जीवन सीमित हुन्छन् भन्ने केही छैन, महिलाले चाहे दाम्पत्य जीवनपछि पनि आप्mना मनका सपना पूरा गर्न सक्छन्। यसको ज्वलन्त उदाहरण हुन् जोरपाटी फूलबारीकी छिरिङ डोल्मा शेर्पा।

व्यापार व्यवसायदेखि समाजसेवासम्म उत्तिकै सक्रिय छिरिङ गत वर्ष स्टार वन इन्टरटेनमेन्टले आयोजना गरेको पर्यटन सुन्दरीको प्रतिस्पर्धामा मिसेस नेपाल टुरिजम–२०१९ को प्रमुख उपाधि चुम्न सफल भइन्। यो उपाधि चुम्नुअघि नै पर्यटन, शिक्षा, मोडलिङ, अभिनय, व्यापार व्यवसाय, समाजसेवा जस्ता विभिन्न क्षेत्रमा पैmलिएर अगाडि बढ्दै आएकी छिरिङ पर्यटन सुन्दरीको ताजलाई आप्mनो बनाइसकेपछि झनै सक्रियरूपमा अगाडि बढ्न थालिन्।

उनकै अनुभव छ– ‘उपाधि जितेपछि विभिन्न अभियानमा सक्रिय हुन अझ सरल भएको छ। आफूलाई चिनाउन त सजिलो भएकै छ, टाइटल जितेपछि सबैलाई विश्वास दिलाउन पनि सजिलो भएको छ। सँगसँगै चुनौती र जिम्मेवारी पनि बढेको छ।’ पर्यटन क्षेत्रसँग नजिक भएर काम गरेकैले छिरिङलाई मिसेस टुरिजम नेपाल–२०१९ को प्रमुख उपाधि चुम्न सरल भयो। त्यसपछि आफूले चाहेको क्षेत्रमा अगाडि बढ्न थप सजिलो भएको अनुभव उनले गरेकी छिन्।

माया कुञ्ज मन्टेश्वरी किन्डरगार्टेनको अध्यक्ष, शेर्पा महिला महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति महिला महासंघ प्रदेश–३ को उपाध्यक्ष, छिरिङ डोल्मा शेर्पा फाउन्डेसनको अध्यक्ष रहेकी उनी यी सबै क्षेत्रलाई समय दिने क्रममा अत्यन्त व्यस्त रहन्छिन्। र पनि सबैतिर भ्याइरहेकै हुन्छिन्। भन्छिन्– ‘समय व्यवस्थापन मुख्य कुरा हो। समय व्यवस्थापन गर्न सक्यो भने सबैतिर संलग्न हुन सकिन्छ र आफूले चाहेको जुनसुकै कुरा गर्न सकिन्छ।’ आफ्नै नाममा सामाजिक संस्था खोलेर समाजसेवा गर्दै आएकी उनी ट्रेकिङ व्यवसायी पनि हुन्।

त्यसैले हिमाल आरोहणका क्रममा ज्यान गुमाउने नेपालीको शिक्षादीक्षा र स्वास्थ्यका लागि उनले फाउन्डेसनमार्फत व्यवस्था मिलाउँदै सहयोग कोष खडा गरेकी छिन् भने कोरोना संक्रमणको महामारीका कारण सडकमा अलपत्र परिरहेका आर्तहरुको घाउमा राहतरूपी मल्हम लगाइरहेकी छिन्।

यस क्रममा उनले कोरोनाका कारण मजदुरी गर्न नपाई सडकमा अलपत्र परेका १३ सय जनालाई राहत प्रदान गरेकी छिन्। ‘यो बेलामा हाम्रो सानो सहयोगले कसैलाई राहत हुन्छ भने त्यो जस्तो ठूलो धर्म र समाजसेवा अरू केही होइन’, छिरिङको भनाइ छ– ‘शिक्षाबिनाको मानव जीवन अन्धकारमय छ।

तसर्थ सर्वप्रथम शिक्षा क्षेत्रमा बालबालिकालाई सहयोग गर्ने प्रण गरेकी छु। हिमाल आरोहणदेखि पर्यटक पदयात्रामा जाँदा दुर्घटनामा परी असामयिक निधन भएका गरिब नेपाली परिवारले शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर फाउन्डेसले कोष खडा गरी पर्यटन गाइडदेखि भरियाका बालबालिकालाई कम्तीमा वर्षमा दुई जनालाई निःशुल्क शिक्षा प्रदान गराउने उद्देश्य कार्ययोजना बनाएकी छु।’

विद्यालय जीवनदेखि नाचगान र गीत–संगीत भनेपछि हुरुक्कै हुने यी चेलीको सौखको विषय हो मोडलिङ र अभिनय। यही सौखलाई पूरा गर्न उनले साथीहरुको सल्लाहमा मिसेस टुरिजम नेपाल–२०१९ मा स्पर्धा गरेकी थिइन् भने प्रमुख ताज नै उनको पोल्टामा परेको थियो। त्यसअघि उनले २०५५ सालमा कोरियोग्रफर प्रभा अमात्यद्वारा सोल्टी होटेलमा आयोजित फेसन शोमा पहिलोपटक मोडलिङ गरेकी थिइन् भने त्यसयता थुपै्र ¥याम्प मोडलिङ गरिसकेकी छिन्। दुई तीज गीत र एक पपगीतमा नृत्य र मोडलिङ गरिसकेकी छिरिङ अब भने फिल्मी अभिनयको यात्रातर्पm उन्मुख हुँदै छिन्।

उनी आगामी दशैंमा सुटिङ प्mलोरमा जाने तयारीमा रहेको फिल्म मुसीको मुख्य पात्रमा अभिनय गर्दै छिन्। ‘हिस्टोरिकल फिल्ममा खेल्ने इच्छा थियो। मुसी ऐतिहासिक दस्तावेजमा बन्न लागेकाले यसमा काम गर्ने निश्चित गरेकी छु ।’ –उनले सुनाइन्।

साहित्कार पूर्ण ओलीद्वारा लिखित मुसी दशैंको समय पारेर रुकुममा सुटिङ हुने छिरिङले जानकारी गराइन्। १९७४ एडीका गितारिस्ट फिरोज स्याङ्तान र गायिका कुन्ती मोक्तानकी यी विद्यार्थी कोरोना कालपछि अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने सोचमा रहिछन्। ‘आप्mनो जिल्ला दोलखालगायतका ठाउँमा मोडलिङ र पर्यटनको क्षेत्रमा विशेष कार्यक्रम गर्ने सोच बनाइरहेकी छु ।’ –उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्