बजाजले ल्यायो नयाँ एभेन्जर स्ट्रिट १६० एबीएस



काठमाडौं, (नेस)
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिहीबार नेपालमा नयाँ एभेन्जर स्ट्रिट १६० एबीएस भित्र्याएको छ ।
नयाँ एभेन्जर स्ट्रिट १६० स्पोस्टर डिजाइनमा छ र शहरका लागि केही भिन्न रुपमा देखापर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दीर्घकालीन छाप सृजना गर्दछ । यसमा शहर र हाइवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रिट कन्ट्रोल ह्यान्डलबारहरु पनि रहेका छन् ।
यो १६० सीसी डीटीएस–आई इन्जिनद्वारा सञ्चालित छ, जसले १६० पीएस पावर र १३ एनएम टर्क उत्पादन गर्दछ । यसले ५–स्पीड म्यानुअल ट्रान्समिसन पनि प्रयोग गर्दछ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रिट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक रहेको छ । ब्रेकका इकाइहरु मानकका रुपमा एकल च्यानल एबीएससँगै रहेका छन् ।
चालकको आरामका लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारित फुटरेस्ट स्थानमा साथ आएको छ । नयाँ एभेन्जर स्ट्रिट १६० स्पाइसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टको शुरुआती मूल्य ३ लाख १९ हजार ९ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्