विश्व जेष्ठ नागरिक दिवस: भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

जेष्ठ नागरिकहरु कोरोना संक्रमण र लकडाउनका कारण स्वास्थ्य सुरक्षाका लागि घरभित्रै थुनिएर बस्न बाध्य छन् । विहिवार ३० औं जेष्ठ नागरिक दिवस मनाउने क्रममा सक्रिय विज्ञ जेष्ठ नागरिकका बिषयमा अध्ययन गरि विभिन्न अभियानमा लागि पर्नुभएका व्यक्तिहरुले यस बर्षको जेष्ठ नागरिक दिवस भर्चुअल माध्यमबाट मनाईयो ।

डा.नरेन्द्र ठगुन्नको नेतृत्वमा नानगान, नेपान, साईडडेस्क नेपाल लगायतका संघसंस्था जुटेर जेष्ठ नागरिक मैत्री परिवार, पाठ्यक्रम तयार पार्दै जेष्ठ नागरिकलाई सम्मान गर्नु आम नागरिक र राज्यको दायित्व हो भन्ने सिकाई विद्यालय तहदेखिनै हुनुपर्छ ।

जेष्ठ नागरिकको सम्मानमा विक्रम संवत् २०५१ सालमा स्व.मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा शुरु गरिएको १ सय रुपैया भत्ता २७ बर्षमा पुग्दा ३ हजार पुगेको छ । यो सकारात्मक र ग्रामिण भेगका जेष्ठ नागरिकको वास्तवमै सम्मान भएको चेतनाथ कनेलले बताउनुभयो ।

उहाँले स्व.हुत्तराम बैद्यले जेष्ठ नागरिकहरुको सम्मानका लागि छुट्टै मन्त्रालय, विभागको आवश्यकताका बिषयमा अभियानकै रुपमा बिषय उठान गर्दा कतिपयले यो असम्भव कुरा होकि भन्ने गर्दथे । तर २०६३ को अन्तरिम संंविधान र २०७२ को संविधानले जेष्ठ नागरिकका लागि उहाँले भने जस्तै सेवा सुविधा सहितको मन्त्रालय विभागको आवश्यकता औल्याउँदै कानून बन्नुले आज जेष्ठ नागरिकको सम्मान भएको छ ।

जेष्ठ नागरिकलाई विशेष गरि उहाँहरुको समय, अनुभवको सम्मान गर्दै सिप सिक्ने, सामग्री तयार पार्ने र बजार व्यवस्थापन गर्ने हो भने अत्यन्तै फलदायि हुन्छ र परिवारमा सबैको समान सकृयता देखिन्छ कनेलले बताउनुभयो ।

पछिल्लो जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २७ लाख जनसंख्या जेष्ठ नागकि भएको उल्लेख गरिएको छ ।
सोही अवसरमा मनोपरार्मकर्ता डा.नरेन्द्र ठगुन्नाले कोरोना संक्रमणका कारण जेष्ठ नागरिक धेरै ठूलो संकटमा रहेको र मानसिक समस्यामा छन् भन्ने विश्वले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ । नेपालमा पनि कोरोनाका कारण जति प्रभावित हुनुभएको छ जेष्ठ नागरिक ६ प्रतिशत भएको उल्लेख गर्नुभयो । सामान्य अवस्थाको व्यक्ति भन्दा जेष्ठनागरिक बढी प्रभावित भएको डच पपुलेसनमा गरेको अध्ययनले देखाएको छ ।

नेदरल्याण्डमा गरेको अध्ययनले भने मानसिक अवस्था जोखिमपूर्ण नभएको जनाएको पनि डा.ठगुन्नाले बताउनुभयो । शुरुको ४ महिनामा चीनमा जति तनाव थियो पछि विस्तारै सामान्य अवस्थामा आएको चीनको अध्ययनले देखाएको पनि उहााँले जनाकारी गराउनुभयो । चीनमा ४ महिनाको दाजोमा अहिले सहज हुनुको प्रमुख कारण सबै प्रकारका सामान सहज प्रयोग हुनु देखाएको छ ।

नेपालको जेष्ठ नागरिकमा भने यो अवस्था नभएकोले धेरै समस्या बढी छ । प्रत्येक ५ देखि १० जनामा जेष्ट नागरिक भत्ताले घरखर्च चलाउनुपर्ने, परिवारलाई सघाउनुपर्ने अवस्था छ । जेष्ठ नागरिक प्रत्येक ५ जना मध्ये २ जना समाजमा बस्ने र जेष्ठ नागरिक केन्द्रमा बस्नेमा मानसिक समस्या छ भन्ने जानकारी गराउनुभयो । सबै भन्दा ठूलो समस्या पार्टनरबाट टाढा हुनुपर्ने, सामाजिक भूमिकाबाट टाढा हुनुपर्ने, जागिरबाट अवकास भएपछि हुने नैराश्यता, रोग लाग्नु, जीवनशैलीमा आएको परिवर्तन, नयाँ जेनेरेशनले दिने निर्देशनले मानसिक समस्या बढाएको पाइन्छ ।

यस्तो समस्यालाई कोरोना संक्रमणले मानसिक समस्या बढाउने मात्र नभै आत्महत्याका घटनामा समेत बद्धि गराएको छ । गाउँघर र जेष्ठ नागरिक सेवा केन्द्रमा बस्ने २७ प्रतिशतमा मानसिक समस्या भएको पाईन्छ । आत्महत्या गरेका मध्ये २ प्रतिशतले मेनेन्जाईटिस र डिप्रेशनको औषधि खाएको पाईएको छ । जेष्ठ नागरिक महिलामा ३८ प्रतिशतमा डिप्रेशन बढी भएको पाईएको छ । महिलामा बढी मानसिक तनाव भएको पाईएको डा.ठगुन्नाले बताउनुभयो ।

कुल जेष्ठ नागरिकमा अल्जाईमर लगायतका समस्या बढी भएको अध्ययन अनुसन्धानले देखाएको छ । अमेरिकन साईकोलोजिकल एशोसियसनको रिपोर्ट अनुसा ७० प्रतिशत जेष्ठ नागरिकमा औषधिको सेवन, मादक पदार्थ, कम पोषिलो खानेकुरा जस्ता कारणले उदास हुने, शरिर भारी हुने, सामाजिक काममा सहभागी नहुने देखाएको छ । अझ यो कोरोना संक्रमणले गर्दा यस्ता कृयाकलापमा बढेको देखाएको छ । धार्मिक रुपमा सहभागी हुने जेष्ठ नागरिकमा आत्महत्याको दर ५ प्रतिशतले कम भएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।

जेष्ठ नागरिकलाई खाना खान मन नलाग्ने, सम्झना शक्ति कम हुने, नैराश्यता आउने भयो भन्ने कुरा व्यक्त गर्न जेष्ठ नागरिकले शुरु गर्नुभयो भने परिवारले समयमै ध्यान दिनुपर्छ । यस्तो अवस्थामा मानसिक समस्याले दुःख दिन सक्छ । मानसिक समस्या कुरा सुन्दिनी मान्छे नहुने, खानपानमा व्यवस्थापन नमिल्ने, सकृयता नहुने, एक्लोपनलाई सहयोग गर्न टेलिमेन्टल हेल्थ मेडिसिनका माध्यमबाट सकृय राख्न सके समस्यामा कमी आउँछ ।

जेष्ठ नागरिकका साथीभाईसँग भेटघाट गराईदिने, उहाँहरुको कुरा सुनिदिने, सकृय बनाउने, पाठ्यक्रममा नै जेष्ठ नागरिकको महत्व समाबेश गर्ने र सम्मान गर्ने वातावरण बनाएको खण्डमा जेष्ठ नागरिकको जीवनलाई सहज बनाउन सकिन्छ ।

जेष्ठ नागरिकसँग परिवारका सदस्यले दैनिक कम्तिमा ३० मिनेट देखि १ घण्टा सम्म कुरा गर्ने र उहाँहरुको बिचार सुनिदिने र व्यवहारमा उतार्ने काम मात्र गर्न सके । यो मनको कुरा त्यो मनले बुझ्ने र पर्याप्त मात्रामा सुत्ने, व्यायाम गराउने जस्ता न्यूरो प्लाष्टिसिटमा सहभागी गराउने गरेमा धेरै सहज हुन्छ । जेष्ठ नागरिकलाई धार्मीक, सामाजिक, आर्थिक रुपमा सहज बनाउनुपर्छ । साईक्लोजिष्टहरुले शिक्षा र चेतनाका माध्यमबाट सघाउ पुग्ने काम गर्ने तर्फ केन्द्रित हुनुपर्छ ।

कोरोनाबाट संक्रमित जेष्ठ नागरिकलाई सहज बनाउने र परिवारले सामान्य समस्याका रुपमा लिन सक्नुपर्छ । मानसिक रुपमा स्वस्थ रहनका लागि दैनिक सकृय रहनुपर्छ ।

कार्यक्रममा सकृय युवा पदमराज जोशीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

जेष्ठ नागरिक महासंघका तर्फबाट छत्र बहादुर प्रधान ३५ बर्ष प्रहरी सेवामा काम गरिसक्नुभएका अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले १७ बर्ष देखि जेष्ठ नागरिक महासंघसँग आबद्ध हुनुहुन्छ । उहाँले व्यक्तिको विकासका लागि घरपरिवारलाई उजाड बनाईन्छ । १८ बर्षको युवाको भविष्यको लागि भन्दै घर परिवार एक्लिदै छ । जागिरे मात्र रिटायर्ड हुँदैन, किसान पनि रिटायर्ड हुन्छ । त्यसपछि राज्य र परिवार कतैबाट पनि राज्यले सम्बोधन गर्दैन यो नै जेष्ठ नागरिकका लागि पिडाको बिषय बन्दैछ भन्नुभयो ।

प्रधान भन्नुहुन्छ— ‘नेपालमा जेष्ठ नागरिक ऐन २०६३ बनायो तर कार्यान्वयन गर्नुको सट्टा प्रधानमन्त्रीहरुले भाषण दिएर लाज पचाएर बसेका छन् । कानूनको कार्यान्वयन नहुँदा राज्यका प्रधानमन्त्री जवाफदेहि हुँदैन भने कस्ले कार्यान्वयन गर्ने ?’

नेपानका अध्यक्ष झविन्द्र भण्डारी लगायतका विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्