खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस



न्युुज अफ नेपाल, काठमाडौँ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

त्यसैगरी आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ । रेग्मीको राजीनामा स्वीकृत भएपछि मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरिएको नेकपाका एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्