टाउकोले ओखर फोर्दै नयाँ किर्तिमान



इस्लामावाद,(एजेन्सी) ।

एकजना पाकिस्तानी पुरुषले टेलिभिजनको एक विशेष कार्यक्रम दौरान आफ्ना भारतिय प्रतिस्पर्धिलाई उछिन्दै २ सय ५४ वटा ओखर टाउकोले फोर्न सफल भएका छन् ।

कराँची शहर निवासी ३२ वर्षिय मोहमद रसिद यसरी ओखर फुटाउँदै नयाँ गिनिज वल्र्ड रिकर्ड राखेका हुन् । इटालीमा आयोजित ला नोटे डेइ रिकर्ड टेलिभिजन स्पेशल कार्यक्रममा उनलाई भारतका एस.नविन कुमारले कडा चुनौति दिएका थिए । एक मिनेटको सो प्रतिस्पर्धामा कुमारले २ सय ३९ वटा ओखर फोर्न सफल भएका थिए ।

रसिदलाई गिनिज अधिकारीहरुले प्रमाण पत्र प्दान गरेका थिए । रसिदले सो कार्यक्रमको भिडियो फुटेज आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्