विदेशी नियोगहरुमा आक्रमण भइरहे बन्द गर्नुको विकल्प छैनः इराकी प्रधानमन्त्री



बग्दाद ।

 इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताउनुभएको छ ।

उहाँले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।

यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिनुभएको थियो । यस आक्रमणमा बालबालिका समेत कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरु बन्द गर्नु पर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद बैठकमा जानकारी गराउनु भएको थियो । उहाँले संयुक्तराज्य अमेरिका र युरोपेली युनियनका दूतावासहरु बन्द गर्ने बारेमा छलफल भइरहेको पनि बताउनुभएको छ ।

प्रधानमन्त्री कादिमीले क्षेत्रीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित नहुने हो भने उनीहरु इराकमा पनि रहन मुश्किल छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्