केटीएम ३९० मोटरसाइकल बजारमा



काठमाडौं, (नेस)
विश्वको १ नम्बर केटिएम मोटर साइकल कम्पनीले केटीएम ३९० मोटरसाइकल बजारमा ल्याएको छ ।

नेपालभरिका केटीएम शोरुमहरुमा केटीएम ३९० एड्भेन्चर ९ लाख ९९ हजार ९ सय बिक्रीमूल्य राखेर बुकिङ शुरु गरेको छ । यो बाइकको बिक्री मंगलबारदेखि शुरु भएको छ ।

नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले केटीएममा शानदार आगमन गरेको छ ।

बितेका वर्षमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङमा मानिसहरुको चासो बढिरहेका बदलिँदो ट्रेन्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजालिनका लागि ३९० एड्भेन्चर बनाइएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्