छाती चिरेर आए प्रमोद



लोकप्रिय गायक प्रमोद खरेल छाती चिरेर सांगीतिक कोसेलीका साथ सार्वजनिक भएका छन्। गायक खरेलले छाती चिरेर बोलको गीत म्युजिक भिडियोहित सार्वजनिक गरेका हुन्।

यो गीत उनको यसअघिका गीतभन्दा फरक शैलीको छ। प्रायः नाच्ने र नचाउने गीत गाउँदै आएका मबिना कसै कसैलाई मुस्किल छ पोखरामा गायक खरेलले छाती चिरेरलाई भावुक गीतका रुपमा अगाडि ल्याएका छन्। हरि लम्सालको संगीत र प्रमोद खरेलकै शब्द रहेको गीतअनुसार यसको म्युजिक भिडियो पनि दमबार बनेको छ।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रमोदका साथ नायिका ऋचा शर्माले अभिनय गरेकी छिन्। भिडियोमा अर्जुन तिवारीको छायांकन र चन्दन दत्तको सम्पादन रहेको छ। निर्देशक आचार्यले ८ मिनेट लामो यो गीतमाथि एउटा सिंगो फिल्ममा हुने कथा पस्किएका छन्।

म्युजिक भिडियो पूरै हेरिसकेपछि एउटा राम्रो तर वियोगान्त कथाले भरिएको फिल्म हेरेको प्रतीत हुन्छ। गायक खरेलले गायकीसँगै यसको म्युजिक भिडियोमा सशक्त अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्