रुसले निर्माण गरेको कोरोना खोपको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने



न्युज अफ नेपाल, काठमाडौँ ।

रुसद्वारा निर्माण गरिएको कोरोना खोप नेपाल आइपुग्ने भएको छ ।

रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्