अक्सिजन कम भएका कोरोना विरामीका लागि प्रोन पोजिसनको सुताई फलदायी



वासिंगटन (एजेन्सी)
कोरोना संक्रमणका कारण धेरैजसो विरामीलाई स्वास लिनमा समस्या हुने गर्छ । धेरै विरामीहरुमा अक्सिजनको स्तर घट्नुले उनीहरुका लागि अस्पतालमा भेन्टिलेटर उपलब्ध हुन सकेको छैन । ती विरामीहरुका लागि प्रोन पोजिसन अक्सिजनेसन विधि ८० प्रतिसतसम्म प्रभावकारी भएको शोधले देखाएको छ ।

चिकित्सा प्रणालीका विशेषज्ञ डाक्टरहरुले प्रोन पोजिसन अस्पतालमा भर्ना भएका कोरोना विरामीका लागि संजिवनी बताएका छन् । स्वास लिन समस्या भएकाहरुलाई ४० मिनेट पेटको बलमा सुताइँदा उनीहरुको अक्सिजन लेवलमा सुधार हुने उनीहरुले बताए ।

पेटको बलमा सुत्दा भेन्टिलेसन परफ्युजन इन्डेक्समा सुधार आउँछ । डाक्टरले कोविडका विरामीलाई स्वास लिन समस्या भएमा उक्त प्रविधि प्रयोग गर्न सक्ने सल्लाह दिएका छन् ।

यो पोजिसनको प्रयोग एक्युट रेस्पिेरेटरी डिस्ट्रेसको स्थितिमा गरिन्छ । यसले अक्सिजन सर्कुलेट गर्न सकिन्छ । यस अवस्थामा फोक्सोको तल्लो हिस्सामा पानी जम्मा हुन आउँछ ।

यो विधिमा गर्धन मुनी एक सिरानी, पेट र घुँडाको मुनी दुई सिरानी लगाइन्छ र खुट्टाको तल एक सिरानी राखिन्छ । प्रत्यक ६ देखि ८ घन्टामा ४० देखि ४५ मिनेट यो घोप्टो मुद्रामा सुत्न लगाइन्छ ।

पेटको बलमा सुताएर हातलाई कम्मर नजिकै समानान्तर राख्न सकिन्छ । यस अवस्थामा फोक्सोमा रगत सन्चार राम्रो हुने गर्छ । फोक्सोमा रहेको तरल एक स्थानबाट अर्कोमा जाने गर्छ र ती स्थानमा अक्सिजन पुग्न थाल्छ ।

प्रोन पोजिसन सुरक्षित छ र रगतमा अक्सिजन स्तरमा हुने गडबडीलाई नियन्त्रण गर्ने काम गर्छ ।
आईसीयुमा भर्ना विरामीलाई प्रोन पोजिसनबाट राम्रो नतिजा देखाएको विज्ञहरुले बताएका छन् । वेन्टिलेटर उपलब्ध हुन नसेको स्थितिमा यो सबैभन्दा धरै प्रभाकारी विधि हुनेछ । यसमा ८० प्रतिशतसम्म नतिजा भेन्टिलेटरको जस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्