‘कारबाही’ का लागि भैंसी भन्सारमा



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले नेपाल–भारत सीमा नजिक भारतबाट नेपाल भित्र्याइएको १ लाख २ हजार मूल्य बराबरका ३ वटा भैंसी ३ वटा र ६ वटा पाडो भन्सारलाई बुझाएको छ ।

बाराको सुवर्ण गापा वडा–३ मा बेवारिसे अबस्थामा फेला पारी भैंसीलाई आबश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालय बीरगञ्ज पठाइएको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा–२० र सिम्रौनगढ नगरपालिका वडा–६ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको कपडा पनि भन्सार चलान गरेको छ ।

करिब ६ लाख २ सय ४० बराबरका विभिन्न किसिमका लत्ताकपडा र लत्ताकपडा ओसारपसार गर्न प्रयोग गरिएका २ थान मोटरसाइकल पनि भन्सार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्