कर्णाली प्रदेशका २२ फरार प्रतिवादी पक्राउ



सुर्खेत ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ ।प्रहरीले आइतबार १६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरु मध्ये जिप्रकामा वन मुद्दाका दुई, जिप्रका दैलेखमा गाली बेईज्जतीका आठ, मुगुमा धनमाल मुद्दाका एक र जिप्रका कालीकोटमा कर्तव्य ज्यानका तीन र जुवाको एक फरार प्रतिवादी रहेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी कार्यालयअन्र्तगत यही असोज १०मा प्रहरीले छ फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।

ती मध्ये जिप्रका कालीकोटबाट जबरजस्ती करणीका एक र गाली बेइज्जतीका दुई, जिप्रका जाजरकोटबाट हुलाक ऐन सम्बन्धी र जबरजस्ती करणी उद्योगअन्तर्गत एक-एक रहेका छन् । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीहरुलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्