नेपाल युथ एसटिजी समिट सम्पन्न



न्युज अफ नेपाल, काठमाण्डौ ।

दिगो विकास लक्ष्यलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाल युथ एसटिजी समिट आयोजना भएको छ । तिन दिनसम्म भर्चुअली संचालन भएको समिट युथ एड्भोकेसी नेपालद्वारा युरोपियन युनियन, युनेस्को लगायतका संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको हो ।
समिटको पहिलो दिन राष्ट्रिय शिक्षाखाका–२०३० र दिगो विकासको स्थानिय करणमा युवाको भुमिका विषयमा सघन संवाद भएको थियो ।

शिक्षा सम्बन्धी विषयमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका दिपक शर्मा, युनेस्कोका शिक्षा विभाग प्रमुख बलाराम तिमल्सिना, एक्सन एड नेपालका अध्यक्ष डा. निर्मला केसी, एनसिई नेपालका अध्यक्ष डिल्ली सुवेदी, संकल्पकी अध्यक्ष लिली थापा, प्राध्यापक वासुदेव काफ्ले, सहायक प्राध्यापक सरोज गिरी लगायतले मन्तव्य राखेका थिए । दिगो विकास लक्ष्यमा युवाको भुमिका विषयमा भावाना भट्ट, सिता सुवेदी, दिपेन्द्र जोसी, राम रोहनपन्त, रिता शाह, विन्दु परियार, भक्तिशाह, दिवाकर अर्याललगायतका युवा नेताहरुले विचार राखेको थिए ।

दिगो विकासको स्थानिय करणका लागि निती निर्माण, कार्यन्वयन, अनुगमन तथा मुल्यांकनमा युवाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित हुनु पर्ने युवाहरुको जोड थियो ।

समिटको दास्रो दिन युवाहरुको तर्फवाट तयार पारिएको राष्ट्रिय स्वैच्छिक प्रतिवेदन विमोचन गरिएको थियो । समिटको तेस्रो दिन अमेरिका, चिन, वेलायत, ब्राजिल, भारत, रसिया, साउथ अफ्रिका लगायत विश्वका १९ वटा मुलुकका युवाहरुको सहभागितामा ग्लोवल युथ मिटअप आयोजना गरिएको थिया ।

कार्यक्रममा विश्वमा दिगो विकास प्राप्तीमा युवाहरुले कसरी भुमिका खेलिरहेका छन भनेर युवाहरुले अनुभव साटासाट गरेकाथिए । मिट अपको प्रमुख आथित्यता महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले गरेकाथिए ।

कार्यक्रममा युरोपियन युनियनका चार्ज डि अफेयर्स स्टेफनम्याको, फिनल्याण्ड दुतावासका राजदुत पर्टी अन्टिनेन, एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमा, गैसस महासंघका अध्यक्ष जीताराम लामा, प्राध्यापक कपिल श्रेष्ठ लगायतका व्यक्तित्वहरुले मन्तव्य राखेकाथिए । कार्यक्रमका अध्यक्ष तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्