डोटीमा ९ सय ५२ जनाले जिते कोरोना



नेपाल समाचारपत्र, डोटी ।

डोटीमा पछिल्लो समय ९ सय ५२ जनाले कोरोना जितेका छन् । संक्रमित भएका कुल १ हजार ८५ जनामध्ये ९ सय ५२ जनाले कोरोना जितेका हुन् ।

संक्रमित संख्या बढे पनि कोरोना निको भएर जाने क्रम पनि बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्म जिल्लाका नौवटै स्थानीय तहबाट ३ सय १७ महिला र ६ सय ३५ पुरुष गरी ९ सय ५२ जनाले कोरोना जितेका हुन् । नौ स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमित शिखर नगरपालिकामा देखिएका छन् । उक्त नगरपालिकामा कुल ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ९६ जनाले कोरोना जितेका नगरपालिका स्वास्थ्य संयोजक हरीश शाहले बताउनुभयो ।

त्यस्तै दिपालय सिलगढी नगरपालिकाका कुल १ सय ९१ कोरोना संक्रमितमध्ये १ सय ६ जनाले कोरोना जितेका जिल्ला स्वास्थ्यको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ । त्यस्तै जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १ सय ५८ कोरोना संक्रमितमध्ये १ सय ५७ जनाले कोरोना जितेको गाउँपालिका स्वास्थ्य संयोजक राजु खड्काको कथन छ । त्यसै गरी, केआईसिंह गाउँपालिकामा ३५ जनामा कोरोना संक्रमण देखिँदा ३४ जनाले कोरोनालाई जितिसकेका छन् ।

जिल्ला भरीमा सबैभन्दा कम कोरोना संक्रमित देखिएको बडिकेदार गाउँपालिकामा १३ जनामा संक्रमण देखिएको भए पनि सबै संक्रमित निको भइसकेका छन् । जोरायल गाँउपालिकामा शनिबारसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३० जनाले कोरोनालाई जितेका गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिनुभयो । जिल्लाकै आदर्श गाँउपालिकामा शनिबारसम्म २ सय १३ जनामा संक्रमण देखिँदा १ सय ९७ जनाले कोरोना जितेका छन् ।

उता सायल गाउँपालिकामा कुल १ सय ४ जनामा संक्रमण देखिएको मा ८९ जनाले कोरोनामाथि जित हासिल गरेका छन् । बोगटान फुड्सिल गाउँपालिकामा कुल ३४ कोरोना संक्रमित फेला परेकामा ३३ जना संक्रमित निको भएर घर फर्किसकेका गाउँपालिका उपाध्यक्ष भगवती बमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्