लागूपदार्थसम्बन्धी सोधपुछले दीपिकाको आँखामा आँसु



लागूपदार्थ सेवन गरेको अभियोगमा बलिउड सुन्दरी दीपिका पादुकोणलाई भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टिमले सोधपुछ गरेको छ।

जी न्युजको अनलाइन संस्करणमा सूत्रलाई उद्धृत गर्दै जनाइएअनुसार लागूपदार्थ सेवन गरेको आरोपमा एनसीबीको सोधपुछले दीपिकालाई रुवाइदिएको छ।

सोधपुछका क्रममा दीपिका भावुक भएको र उनको आँखाबाट आँसु झरेको समाचारमा जनाइएको छ। उनी सञ्चारमाध्यमबाट बच्न गोप्यरूपमा एनसीबीको कार्यालय पुगेकी थिइन्।

शनिबार बलिउड कलाकारका साथ ७ जनालाई सोधपुछ गरेपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले उनीहरूको मोबाइल फोन जफत गरेको छ। दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रीत, सिमौन, करिश्मा र जयालाई सोधपुछ गरी उनीहरूको मोबाइल फोन जफत गरेको समाचारमा उल्लेख छ।

एनसीबीको सूत्रलाई उद्धृत गर्दै जनाइएअनुसार विभागले सबैभन्दा पहिला सबै मोबाइल फोनको डाटा रिकभर गरी त्यसको आधामा फेरि अनुसन्धान अगाडि बढाउनेछ।

नयिकाहरूलाई एनसीबीले पवाना लेकमा पार्टीसहित थुप्रै प्रश्न गरेको थियो। केदारनाथ फिल्मपश्चात् सुशान्तसिंह राजपुतका साथ बिदा मनाएका बारे सारा अली खानलाई सोधिएको थियो। श्रद्धासँग साढे ५ र सारासँग साढे ४ घण्टा सोधपुछ गरिएको समाचारपमा उल्लेख छ।

श्रद्धासँगे छिछोरेका सफलता र पुणेमा सुटिङपश्चात् आयोजना गरिएको पार्टीमा सहभागी भएका बारे प्रश्न गरिएको समाचारमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्