भक्तपुरमा भीटीएम किटको अभाव



{“caption”:”u0928u0947u092au093eu0932u0940 u0938u0947u0928u093eu0932u0947 u091au0940u0928u092cu093eu091f u0932u094du092fu093eu090fu0915u094b u092au0940u0938u0940u0906u0930 u0938u0947u091f “,”photographer”:””,”alt_text”:””}

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन परीक्षणका लागि प्रयोग हुने भिटिएम किट को अभाव भएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नाक तथा घाँटीबाट स्वाब संकलन गर्न प्रयोग हुने पीसीआर किट भिटिएम को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको जानकारी दिनुभयो । किट अभाव हुदै गएपछि अहिले नगन्य अबस्थमा मात्रै स्वाब संकलन गर्ने गरेको बताउनुभयो । वागमति प्रदेश सरकारले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने ‘भिटिएम’ किट पठाउन ढिलाई गरेको हो ।

उहाँले विगतमा दैनिक २०० देखि ३०० सम्म शंकास्पद तथा कन्ट्याक टे«सिङ्मा आएका व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले भिटिएम किट केही भक्तपुर अस्पताललाई, केही जिल्लाका अन्य अस्पताललाई र सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको बताउदै उहाँले अब किट दिन सक्ने अबस्थामा कार्यालय नभएको प्रमुख मिजारले बताउनुभयो ।

पीसीआर परीक्षणका लागि स्वाब संकलनमा समस्या आए कोरोना महामारी फैलिने जोेखिम बढ्ने उहाँको भनाई छ । कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई किट लगायतका अन्य स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा नदिएको बताउनुभयो ।

अस्पताल आफैले किट र अन्य स्वास्थ्य सामाग्री खरिद गर्दै आएको उहाले बताउनुभयो । केहीदिन अगाडि मात्रै २०० थान किट अस्पतालले खरिद गरेको बताउदै उहाँले अरु किट पनि खरिद गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले विगतमा एकैदिन २५० जनासम्मको स्वाब संकलन गरेकोमा अहिले भने सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्ने भनेपछि अति आवश्यकको मात्र पीसीआर गरिएको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाले भने केही दिन अघि मात्रै ४० लाख बराबरको भिटिएम किट खरिद गरेको छ । नगरपालिकाद्धारा सञ्चालिन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकोले आवश्यक किट आफैले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्