भारतमा एकैदिन ८८ हजार ६ सय नयाँ कोरोना संक्रमित थपिए



नयाँदिल्ली (एजेन्सी) ।

भारतमा विगत २४ घन्टामा कोरोना भाइरसको ८८ हजार ६ सय नयाँ संक्रमित पुष्टी भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको आंकडा अनुसार एक दिनमा कोरोनाबाट १ हजार १ सय २४ को मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित अहिलेसम्म कुल ५९ लाख ९२ हजार ५ सय ३३ पुगेको छ । अहिलेसम्म ठीक भएका संक्रमितको संख्या ४९ लाख नाघेको छ ।
कोरोना संक्रमणबाट मर्नेको संख्या ९४ हजार नाघेको छ भने ९ लाख ५६ हजार विरामी अझै यस भाइरसको संक्रमण छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अनुसार अहिलेसम्म ७ करोड १२ लाख भन्दा बढी स्याम्पल परीक्षण भइसकेको छ । पुरै विश्वमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित अमेरिकापछि भारत दास्रो स्थानमा छ । अमेरिकामा कुल संक्रमित संख्या ७२ लाख नाघिसकेको छ भने विश्वमा यस महामारीमा ३ करोड ३० लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।

अमेरिकामा मात्रै यस संक्रमणबाट मर्नेको संख्या २ लाख ९ हजार नाघिसकेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलमा ४७ लाख १८ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । ब्राजिलमा यस संक्रमणबाट मर्नेको संख्या १ लाख ४१ हजार नाघेको छ ।

कोविड १९ संक्रमणको सुरु भएको चीनमा अहिलेसम्म कुल ८५ हजार ३ सय ५१ संक्रमित पुष्टी भएको छ । यहाँ महामारीबाट मर्नेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।

त्यसैगरी पाकिस्तानको कुल संक्रमित संख्या ३ लाख १० हजार नाघेको छ । पछिल्लो समयमा पाकिस्तानमा नयाँ संक्रमित हुनेको संख्यामा उल्लेखनिय कमि आइरहेको छ । यहाँ यस भाइरस संक्रमणबाट मर्नेको संख्या ६ हजार ४ सय ५७ रहेको छ ।

त्यसैगरी बंगलादेशमा कोरोना संक्रमित संख्या ३ हजार ५९ हजार नाघेको छ । यहाँ संक्रमणबाट मर्नेको संख्या ५ हजार १ सय ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्