नेपाली काग्रेस धुलिखेल ईकाई समितिको आयोजनामा खुल्ला रक्तदान



न्यूज अफ नेपाल, काभ्रे ।

धुलिखेल नगरपालिका वडा नं ११ साविक पातलेखेतमा नेपाली काग्रेस धुलिखेल ११ ईकाई समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

कोरोना संक्रमणका कारण रगत अभाव भएको रक्तसंचार केन्द्रले पटक पटक सर्वसाधारण माझ आवहान गर्दै आएको अवसरमा नेपाली कांग्रेस ईकाई समितिले व्यक्तिगत दुरीको नियम पालना गर्दै नेपाल रेडक्रस सोसाईटी बनेपा शाखाको प्राविधिक सहयोगमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रे प्रतिनिधसभा क्षेत्र नं. १ तथा प्रदेश सभा १(ख) का सभापति रमेश प्रसाद हुमागाईले रक्तदान गर्नुका साथै रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा धुलिखेल ११ साबिक पात्लेखेत स्वास्थ चौकीका प्रतिनिधि गोमा न्यौपानेलाई ५ थान पिपिईको साथै २ सय थान माक्स सम्बन्धित स्थानमा वितरणका लागि हस्तान्तरण गरिएको थियो । साथै रक्तदानमा उपस्थित सबैलाई माक्स वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रे इकाईका सभापति कृष्ण न्यौपानेलाई खेलकुदका ( फुटबल, भलिवल, व्याटमिन्टन) सामाग्री लगायका विभिन्न सामान प्रमुख अतिथि हुमागाईले प्रदान गर्नुभएको थियो ।

स्थानिय नेपाली कांग्रेसका सक्रिय युवा नारायण धितालको संयोजकत्मा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु रविन्द्र सिग्देल,समिर व्यान्जु , धुलिखेल उधोग बाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, धुलिखेल ११ अग्रज नेता बद्रि प्याकुरेल , इकाईका उप सभापति हरिशरण धिलात, राजन तिमल्सिना, सचिव नारायण ओझा ..सह सचिव सुरज तिमल्सिना क्षेत्रिय सदस्य कृष्ण तिवारी, रोशन तिमल्सिना, हिरा लामा ,क्षेत्रिय प्रतिनिधि सुन्दर विक्रम सांगाली, महिला संघको नेता उर्मिला प्याकुरेल तरुणका विकाश भुजेल, लगायतले रक्तदान गर्दै सकृयताका साथ कार्यक्रमलाई सफल बनाएका थिए ।

खुल्ला रक्तदान कार्यक्रमका साथै कोरोना संक्रमणबाट जोगिनका लागि सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ५ थान पिपिई र ४ सय पिस माक्स उपलब्ध गराउनुहुने राकेस महतो र रक्तदाता, प्राविधिक सहयोगी, रक्तदानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने महानुभावलाई धन्यबाद दिँदै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्