कोभिड–१९ पोजिटिभ व्यक्तिको सम्पर्कमा आउनुभएको छ, के तपाईंं सुरक्षित हो?



१. तपाईंको सम्पर्कमा कुनै व्यक्ति कोभिड–१९ परीक्षण पोजिटिभ आएका छन्, अब के गर्ने?
नेपाल र भारतमा कोरोना भाइरस संक्रमणमा वृद्धि जारी छ। भारतमा हरदिन करिब ९० हजार भाइरसका नयाँ संक्रमित देखिने गरेको छ। मानिस बिस्तारै–बिस्तारै नयाँ ढंगले सामान्य कदम उठाउन शुरू गर्न थालेका छन्।

व्यवसाय सामान्य सञ्चालन पुनः शुरू गर्न थालिसके र बजारमा आगन्तुकको भीड र व्यस्तता देखिन थालेको छ, यी सबै कोभिड–१९ पोजिटिभ व्यक्तिसँग ठोक्किने अर्थात् संक्रमण निम्त्याउने पर्याप्त सम्भावना हुन्।

यदि, कुनै व्यक्ति जसलाई एक हप्ता पहिला तपाईंले भेट्नु भएको थियो र उसको कोभिड–१९ परीक्षण पोजिटिभ आएको छ भने तपाईं के गर्नुहुन्छ? यस अवस्थामा तपाईं आफ्नो र आफ्ना प्रियजनको सुरक्षा कसरी सुनिश्चित गर्नुहुन्छ?

२. सार्स–कोव–२ भाइरस संक्रमणको लक्षणविहीन अवस्था अर्थात् समयावधि लामो हुन्छ।
यसको समयावधि १ देखि साढे १२ दिन र कहिलेकाहीं १४ दिनसम्म पनि जान सक्ने भएकोले यो अवधि अत्यन्तै नाजुक स्थिति हो। हुन सक्छ, सामान्य घाँटी दुखाइ कोभिड–१९ सँग सम्बन्धित नहोला तर त्यसले तपाईंलाई चिन्तित र व्याकुल पार्न सक्छ।

के तपाईं कोरोना भाइरसको सम्पर्क आएको हो भन्ने कुरामा चिन्तित हुन आवश्यक हो, यदि यो ७ दिनभन्दा अधिक समय भइसकेको हो र तपाईंमा कुनै लक्षण विकसित भएको पनि छैन? अथवा के तपाईंलाई अरू धेरै कुरा गर्नु आवश्यक छ?

३. सोच्नुस्, तपाईं कुनै संक्रमित व्यक्तिको निकट सम्पर्कमा पर्नुभयो ! 
तपाईंको सम्पर्कमा जति धेरै व्यक्ति आउँछन्, त्यति नै धेरै सम्भावना हुन्छ कि तपाईं कुनै न कुनै त्यस्तो व्यक्तिको सम्पर्कमा आउनुहुन्छ जो भाइरसबाट संक्रमित छन्। रोग नियन्त्रण तथा रोकथाम निकाय सीडीसीका अनुसार, निकट सम्पर्कमा आउनुको अर्थ तपाईं कोभिड–१९ संक्रमितको ६ फिटभित्र १५ मिनेट वा त्योभन्दा लामो समयसम्म रहनु हो, जसको संक्रमणको अवस्था बिरामी हुनु दुई दिनअघिको हुनेछ वा लक्षण नदेखिएको बिरामीको हकमा परीक्षणले पोजिटिभ देखाउनु दुई दिनअघिको अवस्था हुनेछ। यसका बाबजुद ती संक्रमित व्यक्ति वा सम्पर्कमा आउने व्यक्तिले मास्क लगाएको छ वा छैन भन्नेमा ध्यान दिनुपर्ने हुन्छ।

४. अब तपाईं के गर्ने?
एकपटक आफू कुनै संक्रमित व्यक्तिको निकट सम्पर्कमा आइसकेको हो भन्ने तपाईंले यकिन गरिसकेको हो भने सबैभन्दा पहिला घरमा आफूलाई अलग गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ। यहाँसम्म कि यदि तपाईं उक्त व्यक्तिसँग भेटेको सात दिन भइसकेको छ, जसको हालै मात्र कोभिड–१९ जाँचमा पोजिटिभ आएको छ।

तपाईंले गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको बाहिरका व्यक्तिसँगको कुराकानी पूरै रोक्नुपर्ने हुन्छ र घरकै सदस्यसँग पनि तपाईंको कुराकानी सीमित हुनुपर्छ, जुन १४ दिनका लागि हुनुपर्ने छ। घरमै पनि अन्य सदस्यसँग कम्तीमा ६ फिटको दूरी बनाइ राख्न र ट्वाइलेट तथा निजी सामान साझा गर्न बच्ने कुरामा सजक रहनुहोला। अर्को महŒवपूर्ण कुरा कोभिड–१९ संक्रमणबाट उच्च जोखिम हुने सदस्यसँगको सम्पर्कमा आउनबाट जोगिनुपर्ने हुन्छ।

५. कुनै पनि असामान्य लक्षणमा सूक्ष्म ध्यान दिनुहोला।
अब भनेको तपाईंमा आउने लक्षणलाई सावधानीपूर्वक निगरानी राख्ने हो। किनभने, कोरोना भाइरस व्यक्तिपिच्छे फरक–फरक तरिकाले प्रकट भइरहेको छ। संज्ञानमा आएको कुनै पनि संकेत वा लक्षण सामान्य होइन भन्ने लागेको छ, यो तपाईंले कहिल्यै अनुभव नगरेको जस्तो टाउको दुखाइ, गन्ध तथा स्वाद थाहा नहुनु, सुख्खा खोकी, ज्वरो वा अत्यधिक थकानजस्ता लक्षण हुन सक्छन्।

सीडीसीका अनुसार यदि तपाईं कोभिड–१९ पोजिटिभ व्यक्तिको सम्पर्कमा आएको हो भने तपाईंले अन्तिमपटक सम्पर्कमा आएदेखिको १४ दिनसम्म दैनिक दुईपटक शरीरको तापमान जाँच गर्नुपर्ने हुन्छ।

अब यो तपाईंका लक्षणका बारेमा सम्झाउन र कोभिड–१९ परीक्षण गराउन आवश्यक छ वा छैन भन्ने विषयमा आवश्यक सुझाव लिन तपाईंको स्वास्थ्य सेवा प्रदायकसँग छलफल गर्ने उपयुक्त समय पनि हो। डाक्टरको क्लिनिक जाने क्रममा हरेकपटक पहिले नै अनुमति लिन र फेसकवर लगाउने सुनिश्चित गर्नु होला।

६. के तपाईंलाई संक्रमणको परीक्षण गराउनुपर्छ?
ध्यान दिनुपर्ने कुरा के हो भने कोभिड–१९ को औसत समयावधि भनेको ५ दशमलव १ दिन हो र ९७ दशमलव ५ प्रतिशतमा संक्रमणको जुन लक्षण विकसित हुन्छ त्यो साढे ११ दिनमा आउने हो । यदि, तपाईं आफैलाई कुनै असामान्य लक्षण विकसित भइरहेको छ भन्ने लाग्छ भने त्यतिबेला तपाईं स्वयं परीक्षण गर्न अग्रसर हुनुपर्ने हुन्छ।

यदि, तपाईं बिरामी महसुस गरिरहनु भएको छैन तर संक्रमण छ÷छैन भन्ने कुरामा निश्चिन्त हुन चाहनु हुन्छ भने पनि तपाईंले परीक्षण गराउन सक्नु हुन्छ। अर्को तपाईंमा हल्का वा कुनै प्रकारको लक्षणमा हुनुहुन्छ भने तपाईंका लागि राम्रो सुझाव भनेको अक्सिजनको सन्तृप्त र पल्स दर मापन गर्ने अक्सिमिटरमा लगानी गर्नु उपयुक्त हुनेछ।

७. अरूलाई सचेत गराउनुहोस्।
भाइरससँगको सम्पर्कमा आएको दुई दिनदेखि १४ दिनको बीचमा लक्षण देखिएमा तपाईंले विगत ७ दिनभित्र सम्पर्कमा आएकालाई आफ्नो अवस्थाका बारेमा जानकारी दिनुपर्ने हुन्छ।

८. बटमलाइन
कोभिड–१९ को लक्षण वा अन्य असामान्य संकेत विकसित भइरहेको छ भन्ने तपाईंलाई लागेमा पनि महत्वपूर्ण कुरा तपाईं आफैले औषधि चलाउनु हुँदैन। तपाईंले डाक्टरसँग परामर्श गर्नुपर्ने हुन्छ, या त फोनमा वा प्रत्यक्ष भेटेरै रोगको उपचारका लागि सही औषधि के हो त्यसको जानकारी लिनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्