भारत्तोलन संघप्रति गुनासो गर्ने ठाँउ दिन्नः अध्यक्ष श्रेष्ठ



न्युज अफ नेपाल, कास्की ।

नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले विगतमा भारत्तोलन खेललेधेरै पदक जितेपनि ब्यवस्थापनको कमजोरीका कारण सफलता अनुसार चर्चा पाउन नसकेकेको बताउनुभएको छ।

कास्की जिल्ला भारत्तोलन संघले शनिबार पोखरामा आयोजना गरेको नवनिर्वाचित केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र केन्द्रीय सदस्यलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले खेलको विकास र खेलाडीउत्पादनमा विगतमा नेतृत्व तहमा रहेकाहरुले चासो नदिदाँ चार दशकको इतिहास बोकेर पनि भारत्तोलन खेलओझेलमा परेको बताउनु भएको हो । उहाँको आफनो कार्यकालमा कुनै गुनासों गर्ने ठाँउ नदिई काम गर्ने समेतदावी रहेको छ।

श्रेष्ठले आफनो कार्यकालमा धेरै खेल गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले चार दशकपछिसंघको प्रत्यक्ष निर्वाचनबाट आफु निर्वाचित भएको बताउदै विगतमा ब्यवस्थापकीय कमजोरीका कारणभारत्तोलनका गतिविधि र प्रचार हुन सकेन् । मेरो चार वर्षे कार्यकालमा खेलगतिविधि मार्फत संघलाईचलाएमान बनाउदै कुनै गुनासो गर्ने ठाँउ दिने छैन् ।’

आफनो चार वर्षे कार्यकालमा भारत्तोलन संघलाई २१ जिल्लाबाट अझै विस्तार गर्ने योजना र लक्ष्य सहित सवैजिल्लामा खेलको सम्भावनाको खाजी गर्ने बताउनु भयो।

उहाँले ओलम्पिकका लागि भारत्तोलनका दुई खेलाडीछनोटमा परेको र उनीहरुले प्रशिक्षण गरिरहेको बताउदै भारत्तोलनमा सिमित खेलाडीहरु हुने भएकाले धेरैअवसरहरु प्राप्त हुने दावी गर्नुभयो । आफना ९० प्रतिशत खेलाडी नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनामा रहेकोबताउदै ‘यो खेलमा खेलाडीलाई धेरै अवसर छन् ।’

ललितपुर जिल्ला अध्यक्ष मुकुन्द मालीले विगतमा भारत्तोलन खेलको जति विकास हुनुपर्ने हुन नसकेकोबताउदै अहिलेको टिमले गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ खेलाडी उत्पादन गर्ने वातावरण विगतमा थिएन योटिमले गर्ने छ ।

उहाँले कास्की जिल्ला भारत्तोलन संघले सञ्चालन गरेको तालिम केन्द्र नेपालकै उत्कृष्ट भएकोसमेत बताउनुभयो। संघको केन्द्रमा नभएका खेल सामाग्रीहरु कास्कीसंग छ भन्दै पोखरामा १३ सागका कारणयहाँ खेल सामग्रीहरु अन्तराष्ट्रियस्तरका छन् ।

तर केन्द्रमा छैनन् । ३६ वर्षको इतिहासमा भारत्तोलनले धेरैपदक जितेपनि ओझेलमा परेको बताउदै अव यसलाई फुटबल, क्रिकेट जस्तै खेलाडी र खेलप्रेमीको ध्यानखिच्ने गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको जिकिर रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजनकुमार बड्गामी र केन्द्रीय सदस्यरत्नमान मालीलाई कास्की जिल्ला भारत्तोलन संघका पदाधिकारीले खादा लगाएर बधाई तथा शुभकामनाब्यक्त गरिएको थियो।

कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष राजनकुमार बड्गामीको अध्यक्षतामा भएकोकार्यक्रमको सञ्चालन उपाध्यक्ष उमेश सिकेले गर्नुभएको थियो।

यसैवीच सो कार्यक्रममा गत मंसिरमा पोखरामा सम्पन्न १३ औ सागमा पोखरामा भएको भारत्तोलन खेल सफलबनाउन सहयोग गरेको भन्दै कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष एवं नवनिर्वाचित केन्द्रीय उपाध्यक्षराजनकुमार बड्गामीले जिल्लाका पदाधिकारी र सदस्यहरुलाई खादा लगाएर धन्यबाद ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्