स्विस जनताले स्वतन्त्र आवत जावतबारे मतदान गर्ने



जेनेभा,(एजेन्सी)

स्विस जनताले आइतवार युरोपेली संघ ( इयु ) संगको आफ्नो स्वतन्त्र आवत जावत त्याग्ने विषयमा अन्तिम निर्णय लिनका लागि मतदान गर्ने भएका छन् । यस नीतिका समर्थकहरुले त्यसपछि स्विजरल्यान्डले आफ्नो सिमानाहरु नियन्त्रण गर्न पाउने तथा आफुले चाहेका आप्वासीहरुलाई मात्र प्वेश गराउन पाउने बताउँछन् ।

तर यसका विरोधीहरु भने यस कदमका कारण देशमा मन्दि आउने तथा हजारौ संख्यामा स्विस नागरिक युरोपभरि स्वतन्त्र पुर्वक बस्न र काम गर्नबाट बन्चित हुने चेतावनी दिने गरेका छन् । न्याय मन्त्रीले त त्यो स्थिती त बैक्जिटको भन्दा भयावह हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

युरोपेली स.घको सदस्य नै नरहेका स्विजरलयान्डलाई स्वतन्त्र आवात जावतकोबारे चासो लिनु पर्ने किन भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । लामो समय अघि नै इयुको सदस्यता नलिने निर्णय गरिसकेका स्विजरल्यान्ड युरोपको सवतनत्र बजार क्षेत्रमा पहुँच चाहन्छ ।

साथै स्विजरल्यान्ड ब्रसेल्सलाई शिक्षा , यातायात , अनुसन्धान र वातावरण जस्ता क्षेत्रमा सहयोग गर्न चाहन्छ । यसका लागि स्विजरलयान्डले इयुको प्रमुख नीति ‘ पिललर्स ’ स्वतन्त्र आवत जावत र स्केन्जेन खुल्ला सिमालाई स्विकार गर्नुपर्ने हुन्छ ।

इयुले स्विजरल्यान्डलाई वारम्वार स्वतन्त्र अवात जावत त्याग्नु भनेको सरल व्यापार व्यवस्थालाई पनि छाड्नु हो भनेर सम्झाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्